६० सेकेन्डका फिल्म फेस्टिवललाई आह्वान
screennepal
प्रकाशित: २०७१, १८ भाद्र बुधबार
no img

60 second filmकाठमाडौं । दोस्रो ६० सेकेन्ड सर्ट फिल्म फेस्टिवल’ का लागि आयोजकले फिल्म आह्वान गरेको छ । ‘अधिकारका लागि सञ्चार अभियान’अन्तर्गत क्रियाशील संस्था इन्टरफेस नेपालको आयोजनामा हुने फेस्टिभल आउँदो माघ ९ गते काठमाडौंमा हुने जनाइएको छ ।
युवालाई समसमायिक विषयहरुमा सचेत गराई आफुसंँग भएको जस्तोसुकै प्रविधि (मोबाइल तथा क्यामेरा र भिडियो सम्पादन सफ्टवेयर) प्रयोग गरि फिल्म बनाउन प्रोहत्सान गर्ने फेस्टिभलको उदेश्य रहेको आयोजकले जनाएको छ । ‘हामी प्रविधिक पक्षलाई भन्दा विषयको गाम्भीर्यता र व्यक्तिको सिर्जनशीलतालाई जोड दिन्छौं’, आयोजकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘फेस्टिभलले सिर्जनशील युवाको क्षमता र आत्मविश्वास बढाउन, युवामा निहित फिल्मसम्बन्धि ज्ञान तथा सीप देखाउन सहयोग पुग्ने आशा गरेका छौं ।’
गत वर्षदेखि सुरु फेस्टिवलमा उत्साहजक सहभागिताले निरन्तरताका लागि हौसला मिलको आयोजकको भनाइ छ । फेस्टिवलमा निर्णायक मण्डलको सिफारिसका आधारमा पहिलो, दोस्रो, तेस्रो र जुरी अवार्डसहित नगद पुरस्कार प्रदान गरिने छ भने केहीलई प्रोत्साहन पुरस्कारसहित सम्मान गरिने बताइएको छ । फेस्टिवलमा सहभागी हुन चाहनले फिल्म २९ मंसीरसम्म फिल्म बुझाउने सक्नेछन् ।

Comments