भदौ २१ मा ‘गाई चटारिँदै’ (भिडियो पनि हेर्नुहोस्)
screennepal
प्रकाशित: २०७१, १३ भाद्र शुक्रबार
no img

ramesh

काठमाडौं । भन्दा र सुन्दा अप्ठ्यारो लागे पनि केही समय यता एउटा गीतले टेलिभिजन तथा यु–ट्युबमा चर्चा बटुल्दै गएको छ ।  ‘गाई चटारिन्छ’ बोलको गीत सुन्दा धेरैलाई अप्ठ्यारो लाग्ला तर, यही गीतले गायक रमेश बखिम राईलाई चर्चा ल्याइरहेको छ ।
‘गाई चटारिन्छ, तरुनी देख्दा मन बटारिन्छ’ गीतलाई गाउँघरकै टेठ शब्द तथा भाकालाई गीतमा ढालेको रमेश बताउँछन् । तर, कतिपयले भने ‘यस्तो पनि गीत हुन्छ ?’ भन्ने गरेका छन् । ‘गाई चटारिन्छ’ बोलको गीत हुन्छ कि हुँदैन ?’ यसको जवाफ २१ भदौमा प्रत्यक्ष दिँदैछन् अर्थात् गायक रमेशले उक्त दिन सरस्वतीनगरस्थित गोल्डेन पिक हाइस्कुलमा एकल प्रस्तुती दिँदैछन् ।
अशक्त तथा पिछाडिएका श्रमिक महिलाको सहयोगार्थ ‘रमेश राई सांस्कृतिक साँझ–२०७१’ मा प्रस्तुत हुन लागेका रमेशले सो दिन ‘गाई चटारिन्छ’ लगायत आफ्नो चलेका करिब एक दर्जन गीत सुनाउने छन् । गायक रमेशले भने, ‘सत्कर्मका लागि कार्यक्रम गर्न लागेको हुँ । त्यसैले दर्शक÷श्रोताले साथ र हौसला दिनेछन् भन्ने अपेक्षा गरेको छु ।’ इलामबाट राजधानी छिरेर नेपाली सांगीतिक क्षेत्रमा संघर्ष गरिरहेका गायक रमेशका गाई चटारिन्छ, ओ मिस, यो आँखाले त्यो आँखा, माया जिन्दाबादलगायतका चर्चित गीत छन् ।

Comments