काठमाडौ। नेकपा एमालेको अध्यक्ष र प्रधानमन्त्रीको पद सम्हालिसकेका नेता झलनाथ खनाल गीतकार बनेका छन्। वुधबार राष्ट्रपति डाक्टर रामवरण यादवले नेकपा एमालेका निवर्तमान अध्यक्ष झलानथ खनाल र पबन चाम्लिङलाई सम्मान गरेका छन् । खनाल पूर्व प्रधानमन्त्री हुन् भने चाम्लिङ सिक्किमका मुख्यमन्त्री हुन् ।गायक मोहन राइको नयाँ एल्बम ‘कस्तो सपना’को बिमोचन गर्दै राष्ट्रपति यादवले राजनीतिक कार्यबाट सयम निकालेर भएपनि गीत संगीत सृजनालाई लामो समयदेखि निरन्तरता दिएको भन्दै नेपाल म्युजिक क्रियसन प्रा.लि.का तर्फबाट र खनाल र चाम्लिङलाई सम्मान गरेका हुन् । संग्रहमा राम्रा गीतकार र संगीतकारको रचना रहेको राष्ट्रपति यादबले बताए ।
गायक मोहन राईको स्वरको प्रसंसा गर्दै राष्ट्रपति यादबले देशभक्तीपूर्ण गीतलाई अंगालेर गायनलाई निरन्तरता दिन सुझाब दिए । राजनीतिबाट कहिलेकाही बचेको समयमा आफुले गीत, कविता सृजना गर्दै आएको गीतकार जेएन खनालले कार्यक्रममा प्रकाश पारे ।
यो संग्रहमा ७ गीत छन् । जसमा जेएन खनाल, डा. पवन चाम्लिङ, व्याकुल माईला, बुद्धबीर लामा, नव सिलवाल, हेम सुवेदी र राम भट्टराईका गीत छन् । उक्त गीतहरुमा सुरेश अधिकारी, बसन्त सापकोटा, कृष्णभक्त श्रेष्ठ, दिनेश सुब्बा, पुरन बज्राचार्यको संगीत रहेको छ ।