‘आरोही’ लिएर आए सुनिता र अनुशील
screennepal
प्रकाशित: २०७१, ११ भाद्र बुधबार
no img

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा ‘आरोही’अल्बम मार्फत नयाँ गायिकाको आगमन भएको छ । विगत १६वर्षदेखि हङकङमा बस्दै आउनु भएकी सुनिता प्रधान लिम्बूको पहिलो एकल अल्बम ‘आरोही’श्रोता माझ आएको छ । पत्रकार तथागीतकार अनुशीलसँगको सहकार्यमा एक वर्ष लगाएर तयार गरिएको ‘आरोही’अल्बममा ६ गीत समेटिएका छन् ।

_MG_8064

राजधानीको सीटी म्युजियममा ७ भदौमा आयोजित एक समारोहमा अल्बमको नेपाली गायिकाहरु ज्ञानु राणा, कुन्ति मोक्तान, संगीता राना प्रधान, सुक्मीत गुरुङ, सुनिता सुब्बा र मनिला सोताङ सोताङले संयुक्त रुपमा लोकार्पण गर्नुभएको थियो । लोकार्पणपछि बोल्दै बरिष्ठ गायक तथा संगीतकार दिप श्रेष्ठले ‘आरोही’ अल्बममा रहेका ६ वटै गीतहरु फरक शैलीको संगीत रहेको बताउँदै गीतकार अनुशील र गायिका सुनिताको कामको प्रशंसा गर्नु भएको थियो । उहाँले भन्नुभयो “संगीत र स्वर भन्दापनि राम्रो शब्दले गीतलाई शक्तिशाली बनाउँने हो यो अल्बममा राम्रो शब्दसँगै स्वर र संगीतको तालमेल मिलेको पाए । ”

_MG_8149

अल्बमको समिक्षा गर्दै गायिका लोचन भट्टराईले सुनिताको स्वरमा आफुले नयाँपन पाएको बताउनुभयो । एक वर्ष अघि संगम स्टुडियोमा रेकर्डीङ भईरहेको बेला स्वर सुन्दै आफुलाई आकर्षित गरेको उहाँले बताउनुभयो । अनुशीलको शब्द रचना एकदमै उत्कृष्ट रहेको बताउँदै उहाँले भन्नुभयो “पछिल्लो समयमा आएका गीतहरुमा शब्द, संगीत र स्वरमा त्यति ध्यान दिएको पाइनदैन तर यो अल्बममा सबै कुरामा मिहीनेत गरिएको पाए ।” संगीतकार राजु सिंहले ‘आरोही’ अल्बमबाट नेपाली संगीत जगतले एउटा राम्रो गीतकार र राम्रो स्वर भएकी गायिका पाएको बताउँनुभयो । उहाँले गायिका सुनिताले शब्द उच्चारणमा ध्यान दिन सुझाव दिनुभएको थियो । मन्दिरा ढुङगेलले सञ्चालन गर्नुभएको कार्यक्रममा बरिष्ठ गीतकार, संगीतकारहरु रत्न शम्सेर थापा, रामेश, दिपक जंगम, शुभ बहादुर, बसन्त थापा, शिला बहादुर मोक्तान, बुलु मुकारुङ, उदय सोताङ, आनन्द अधिकारी, राजेश पायल राई आदीको उपस्थिती रहेको थियो ।

IMG_0152
‘आरोही’मा राजु सिंह, सचिन सिंह, आलोकश्री, हरि लम्साल, कल्याण सिंह, कमल खत्री सहित ६ जना संगीतकारहरूको संगीत सिर्जना रहेको छ । यस अल्बममाफूलमाखोजें तिमीलाई…, आमा…, शहरभरि…, जतिसुकै लुकाउमाया…, हावा जस्तो हलुङ्गो मन…,मतलब छैन…बोलकापप, आधुनिक, लोक–आधुनिकगीत छन्् । अल्बमलाई सान्ताना रेकर्डले श्रोता माझ ल्याएको हो ।

Comments