अस्कर अवार्डमा नेपालबाट ‘झोला’
screennepal
प्रकाशित: २०७१, १० भाद्र मंगलवार
no img

काठमाडौं । फिल्म ‘झोला’ अस्कर अवार्डका लागि छानिएको छ । विदेशीभाषी सर्वोत्कृष्ट चलचित्र छनोट समिती(नेपाल०ले यो चलचित्रलाई अस्करका लागि छनोट गरेको हो ।

द एकेडेमी अफ मोशन पिक्चर आर्टस एण्ड साइन्सेसद्धारा सन् २०१५ फेब्रुअरी २२ तारिखका दिन संयुक्त राज्य अमेरिकाको लस एन्जल्समा आयोजना हुने ८७ औं एकेडेमी अवार्ड(अस्कर अवार्ड० का लागि ‘झोला’लाई पठाउने निर्णय गरिएको हो ।Jhola movie scene deshbhakta khanal sati

 

चलचित्र ‘मोक्ष’ र ‘झोला’ प्रतिस्पर्धामा थिए । यादव भट्टराइले निर्देशन गरेको यो चलचित्रले विभिन्न अन्तरराष्ट्रिय अवार्ड जितिसकेको छ ।

सार्क फिल्म फेस्टिबलमा गरिमा पन्तले उत्कृष्ट अभिनेत्री अवार्ड पाएकी थिइन् । सती प्रथामा आधारित फिल्मले सय वर्षअघिको नेपाली समाजलाई चित्रण गरेको छ ।

Comments