मंगोलियन स्थगित गरेर मिस नेशनल
screennepal
प्रकाशित: २०७१, ६ भाद्र शुक्रबार
no img

काठमाडौं । ‘मिस नेशनल क्विन–२०७१’ का लागि आवेदन खुला गरिएको आयोजकले जनाएको छ । एभरेष्ट फेसन होमले चार वर्ष यता ‘मिस नेशनल क्विन’ आयोजना गर्दै आएको हो । प्रतियोगिताको चौथो संस्करणका लागि अहिले धमाधम फर्म लिइरहेको आयोजक संस्थाकी अध्यक्ष रञ्जिता ब्लोन लामाले बताइन् । ‘अहिले फर्म लिइरहेका छौं’ रञ्जिताले भनिन्, ‘प्रतियोगितामा सहभागी हुन चाहनेले यो साताभित्र आवेदन दिनुपर्ने छ ।’

miss

मिस नेशनल क्विन–२०१२ रजनी थापा र २०१३ की विजेता श्रेया हमाल ।

यसअघि एभरेष्ट फेसन होमले ‘मिस मंगोलियन’ गर्ने जनाएको थियो । तर, उक्त प्रतियोगितालाई थाँती राख्दै ‘मिस नेशनल सिक्वन’ लाई निरन्तरता दिएको रञ्जिताले बताइन् । उनले भनिन्, ‘मिस मंगोलियन छाडेर मिस नेशनल क्विन गर्न लागेकी हुँ ।’ अहिलेसम्म प्रतियोगिताका लागि दुई दर्जनभन्दा बढी आवेदन आइसकेको पनि उनले बताइन् । १६ देखि २५ वर्ष उमेर समूहका युवती सहभागी हुन सक्ने ‘मिस नेशनल क्विन’ का लागि देशभरबाट आवेदन लिइरहेको रजिञ्जताले सुनाइन् । प्रतियोगिताको अन्तिम स्पर्धा २५ असोजमा हुने जनाइएको छ ।

Comments