किन रोकियो एनटिभीमा ज्योतिको अन्र्तवार्ता ?
screennepal
प्रकाशित: २०७१, ५ भाद्र बिहीबार
no img

काठमाडौं । अचेल एनटिभीमा आउने कति गीत हेर्न सकिदैनन् ! त्यो बिहानै चिया सुक्र्याउदै संगीतको स्वाद लिने दर्शकको जानकारीमा भएकै हुनुपर्छ । तीजको छेकोमा एकजना कलाकार चेलीको अन्र्तवार्ता भने ‘देखाउन नसकिने’ भन्दै एनटिभीले रोकेको छ ।

एनटिभी प्लसको बिहान चिया पिउने समयकै कार्यक्रम ‘टि टाइम’का लागि रेकर्ड भएको लोक गायिका ज्योति मगरको अन्र्तवार्ता रोकिएको हो । रेकर्ड भएको दुईहप्तासम्म पनि अन्र्तवार्ता अनइअर नभएपछि रोकिएको जानकारी आएको हो । कार्यक्रमकी प्रस्तोता समेत रेही गायिका शोभा त्रिपाठीले अन्र्तवार्ता रोकिएको पुष्टि गरेकी छिन् । छिटको सारी र रातो चोलीमा अन्र्तवार्ता दिएकी ज्योतिको पहिरन ‘भल्गर’ भएको भन्दै एनटिभीको सेन्सर समितिले अन्र्तवार्ता रोकेको बताइएको छ ।

चोलीमा भल्गर देख्ने एनटिभीले किस सिन सहितको उनको यो गीत भने निर्धक्क बजाइरहेको छ । किनभने गीत बजाउन उनले पैसा तिरेकी छिन् । हेर्नुहोस् गीतः

पैसा तिरेपछि ‘सुनपानी’ हुने यस्ता दृष्य फ्रिमा प्रशारण हुँदा भने त्यहाँका अधिकारीको आँखामा बिझाउँदा रहेछन् । हेर्नुहोस् उनले कार्यक्रममा लगाएको चोलीः

jyoti

ज्योति मगर

चोली यही थियो र गुन्यू पनि छिटकै थियो । तर यो तस्बिर त्यो अन्र्ततावार्ताको भने होइन । ‘जनताकै करले चल्ने टिभीमा पैसा तिर्दा ‘ग्ल्यामरस’ हुने दृष्य फ्रिमा चाहिँ भल्गर हुँदा रहेछन्,’ गायिका मगरले भनिन् ।
एनटिभी स्रोतका अनुसार उक्त पहिरनमा ज्योतिको क्लिभेजको केही अंश देखिएको छ । त्यही टिभीमा बजिरहेको गीतको हेर्नुहोस् यो तस्बिर, के देखिएको छैन ?

jyoti aa

Comments