गाइजात्रामा पार्वतीको प्यारोडी हेर्न पाइने
screennepal
प्रकाशित: २०७१, २१ श्रावण बुधबार
no img

DSC_0511

काठमाडौं । हास्यकलाकारको पर्व मानिने गाइजात्राका लागि हसाउने तयारी गरिरहेका छन् कलाकारहरु । हास्य कलाकारको एउटा समुह नेपाल प्रज्ञा प्रतिष्ठानको कमलादीमा ‘गाइजात्रा महोत्सव–०७१’ मार्फत हसाउने भएका छन् । ओरियन्टल इभेन्टस् प्रालिले गर्न २३ साउनदेखि ७ भदौसम्म दर्शकलाई निरन्तर हसाउने छन् ।
हरेक वर्षको गाइजात्रामा सर्वाधिक रुचाइएका हास्यकवि शैलेन्द्र सिंखडा हास्यव्यंग्य कविता सुन्न पाइने यो गाइजात्रामा क्यारीकेचरबाट कहलिएका मनोज गजुरेल उदघोषण तथा क्यारिकेचर र प्रहसन पस्केर दर्शकलाई पेट मिचीमिची हसाउनेछन् । उनलाई प्रहसनमा कमल गाउलेले साथ दिदैछन् ।  । त्यसो त अहीलेकी चल्तीकी गायिका इन्दिरा जोशीको प्यारोडी यो गाईजात्रामा विशेष आकर्षण हुनेछ ।

1013090_607608385950305_1861428163_n
त्यस्तै लोकप्रिय नृत्यंगना पार्वती राईको प्यारोडी नृत्यमार्फत दर्शक तताउनेछिन् । प्रहसन तर्फ मेरी वास्सैका सुरेन्द्र केशी मुलासाग र   शिवशंकर रिजाल, त्यस्तै दमन रुपाखेती, अन्जु महर्जन (हात्ती), राजु भजु, रमेश अधिकारी, घनश्याम गौतम, हास्यसिरीयल हर्के हल्दार विष्णु सापकोटा, रोशनी सापकोटा, आशा खड्का, त्यस्तै हास्य सिरीयल डिठ्ठा सापका किशोर भण्डारी, रेश्मा तिमीत्सीना, राजु कमेडी लगायतका प्रहसनले हाम्रो समाजका विकृति विसंगती, राजनीती  मनपरिमाथि ब्यंग्य गर्दै हसाउने छन् । सिस्नुपानी नेपालको तर्फबाट लक्ष्मण गाम्नागे, अर्जुन पराजुली  लगायतले प्रहसन प्रस्तुत गर्नेछन् ।
गाइजात्रा आयोजक संस्थाका ओरियन्टल इभेन्टस् प्रालिका प्रबन्ध निर्देशक प्रकाश पुडासैनी सक्दो दर्शकलाई मनोरन्जन दिन लागिपरेको बताउछन् ।  उनी भन्छन्, ‘विगतका वर्षहरुमा भै  यस वर्षपनि दर्शकलाई हसाउनेले कुरामा विश्बस्त छौ  ।’

Comments