कोमल ओलीलाई संस्कृति मन्त्रीको कटाक्ष
screennepal
प्रकाशित: २०७१, १६ श्रावण शुक्रबार
no img

15 album bimochan 4

 

तीज, गीतमार्फत् नारीहरुले मनको बह पोख्ने पर्वका रुपमा चित्रित छ । विहीवार मण्डला थिएटरमा १५ जना नारीहरुका तीजका भाका एकचौटी सार्वजनिक भए । संस्कृति मन्त्री भीम आचार्य प्रमुख अतिथी भएको कार्यक्रममा कोमल ओली पनि अतिथी थिइन् । तीजलाई नारीको भावना पोख्ने पर्व भएको भन्दै संस्कृति मन्त्रीले कोमल ओलीलाई मञ्चबाटै कटाक्ष गरे । उनले ओलीलाई लक्षित गर्दै भने, ‘तीज नारीहरुको बेदना पोख्ने पर्व भनिन्छ, पोइल जान पाम्, काँ जान पाम् पनि आफ्नो भावना पोख्ने क्रममै आएको होला ।’
संस्कृति मन्त्रीले गायिका ओलीलाई यसरी कटाक्ष हल हाँसोले गुञ्जिएको थियो । राष्ट्रिय लोक संचाकर्मी नेपालद्वारा राजधानीको अनामनगरमा आयोजित एक विशेष समारोहमासो कार्यक्रममा गायिका सिन्धु मल्लको ‘मै राम्री भा छु रे’, टिका पुनको ‘हाम्रो बाबाले दिएको दाईजो’, मन्जु पौडेलको ‘झल्को माईतीको’, झलक संगितम्को ‘बैशले घुमायो’, आशा लामाको ‘मै कस्ती भाकि छु’ जानकी तारमी मगरको ‘साइकल किन्न जाम’ निता पुनमगरको ‘बाबाको आगनी’, चन्दा अर्यालको ‘मेरो लचक्कै कम्मर’, उमा श्रेष्ठको ‘मोवाईलको ब्याट्रि लो’, लक्ष्मी ढकालको ‘सानुमाया’, सिर्जु अधिकारीको ‘गाँउले जीवन’, अप्सरा गुरुङको ‘सोह्रबर्षे जवानी’, भिमा सुवेदीको र युनाज क्रियशनको ‘हावा सरर’, अमृत सागरको ‘हाम्रा बाउका ज्वाँइले’ र दिपेश थापाको ‘दिपसना तिज भिसीडी’ सार्वजनिक गरियो ।

कार्यक्रममा संस्कृती पर्यटन तथा नागरिक उड्ययनमन्त्री भिम आर्चायले, नेपालका मौलिक गीत संरक्षणका लागि सचेत कलाकारहरुले ध्यान पु¥याउनुपर्ने बताउनु भयो । पछिल्लो समय बास्तविक रुपमा पछि परेका महिलाहरुको आवाज प्रतिनिधित्व गर्ने खालका तिजका लोकगीत हराउदै गएकोमा चिन्ता ब्यक्तगर्दै शहर केन्द्रीत भन्दा गाँउको भावना समेत गीतमा समेट्न कलाकारहरुलाई आग्रह गरे । सो अबसरमा बरिष्ठ संस्कृतीकर्मी बुलु मुकारुङले, संस्कृती संरक्षणका लागि कलाकार स्वयम सक्रिय हुनु जरुरी रहेको बताउनु भयो । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्मा, बरिष्ठ लोक गायिका चन्द्रकला शाह, तिर्थ कुमारी थापा, विमा कुमारी दुरा, लक्ष्मी न्यौपाने गायिका तथा सचारकर्मी कोमल वली, उमा गुरुङ, लगायतका बरिष्ठ कलाकारको उपस्थिती थियो ।
कार्यक्रममा राष्ट्रिय लोक संचारकर्मी नेपालका अध्यक्ष हरीबल्लभ नेपालले विमोचित गिती संग्रहका संर्जकलाई सफलतको शुभकामना दिएका थिए ।

Comments