रुस्मिताले जितिन् ‘प्रिन्सेस नेपाल’
screennepal
प्रकाशित: २०७१, १२ श्रावण सोमबार
no img

princes nepal  (2)काठमाडौं । नेप्लिज फेशन होमद्धारा आईतबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘दोस्रो प्रिन्सेस नेपाल–२०१४’को उपाधि काठमाडौंकी रुस्मिता शाहीले जितेकी छन् । उनले उपाधिसँगै क्राउन, २० हजार रुपैयाँ र विभिन्न उपहार पाएकी छन् ।
प्रतियोगितामा साइस्ता पोखरेलले ‘सेकेन्ड रनरअप’को उपाधि हाँसिल गरिन् । उनले उपाधिसँगै १० हजार रुपैयाँ र विभिन्न उपहार पाइन् । यस्तै ‘सेकेन्ड रनरअप’को उपाधि रस्मिता लिम्बुले चुमिन् ।
कार्यक्रमको प्रमुख अतिथि बनेकी कार्यक्रममा सभासद डा. आरजु राणा देउजाल यस्ता प्रतियोगिताले युवतीहरुको व्यक्तित्व विकाशमा फाईदा पुग्ने धारणा सोे क्रममा राखिन् ।
यो प्रतियोगितामा विभिन्न कलेजका १८ जना युवतीहरु अन्तिम चरणका लागि चयन भएका थिए । प्रतियोगितामा अन्य उपाधिका लागि पनि प्रतियोगी बीच प्रतिस्पर्धा भएको थियो । जस अन्तर्गत ‘बेस्ट स्माईल’को उपाधि स्विटी शेर्पाले, ‘बेस्ट हेयर’को उपाधि शिल्पा महर्जनले, ‘बेस्ट स्किन’को उपाधि नेहा भट्टराईले, ‘बेस्ट चार्मिङ’को उपाधि चिम्साङ लामाले पाए । ‘मिस ट्यालेन्ट’को उपाधि श्रद्धा बस्नेतले, ‘सोसियल एम्बेस्डर’को उपाधि पासाङ शेर्पाले, ‘बेस्ट ड्रेस’को उपाधि स्वस्तिका कर्माचार्यले जिते । यस्तै ‘फ्रेन्डसिप उपाधि’ श्वेच्छा दाहालले ‘बेस्ट पर्सनालिटी’को उपाधि सदीक्षा मिश्रले, ‘फोटो जेनिक’ उपाधि कविता शर्माले, ‘पब्लिक च्वाईस’ उपाधि समिना तमोटले, र ‘डिसिप्लेन’को उपाधि पुजा मानन्धरले हाँसिल गरे ।
प्रतियोगिताको निर्णायकमा बेलर इन्टरनेशनल एकडेमी निर्देशक पवन कुमार थापा, बुटिक एशोसियसनका अध्यक्ष उज्ज्वल कृष्ण श्रेष्ठ, नमूना कलेज अफ फेशन टेक्नोलोजीका भाइस प्रिन्सिपल जिवेश्वरलाल श्रेष्ठ, गायक रोज मोक्तान, विकु लामा, पूर्व मिस नेवा सुनिता डँगोल र सञ्चारकर्मी कृष्ण भट्टराई थिए । कार्यक्रमको कोरियोग्राफी रोजिन शाक्यले गरेका हुन् ।

Comments