एउटै मञ्चमा दुई प्रतियोगिताको प्रतिभा सो
screennepal
प्रकाशित: २०७१, १२ श्रावण सोमबार
no img

a5

काठमाडौं । एकै दिन, एउटै मञ्चमा दुई छुट्टछुट्टै प्रतियोगिताका प्रतियोगीले प्रतिभा देखाए । एक्सन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा भएको ‘मिस टिन आइडल–२०१४’ र ‘मिस लिटिल आइडल–२०१४’ का प्रतियोगीले एकैदिन एउटै मञ्चमा आ–आफ्नो प्रतिभा प्रदर्शन गरेका हुन् । ‘मिस ट्यालेन्ट’ उपाधीका लागि शनिबार त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा भएको प्रतिस्पर्धामा दुवै प्रतियोगीताका प्रतियोगीले गीत, नृत्य, विचार अभिव्यक्ति, प्रहसन, उद्घोषण एवं वाद्यवादनलगायत विभिन्न आफ्नो दक्षता प्रस्तुत गरेका थिए ।
प्रतियोगीतामा गीतकार एवं लेखक डा. रामविक्रम सिजापती, अभिनेता दयाहाङ राई, मिस मंगोल नेपाल–२०१४ एनिस्ता गुरुङ, गायक रोज मोक्तान, मिस मंगोल नेपाल–२०१३ की सेकेन्ड रनरअप सोनु श्रेष्ठ र मिस मंगोल नेपाल–२०१४ की फस्ट रनरअप एनी गुरुङ निर्णायक मन्डल रहेका थिए  ।
सन् २००९ देखि ‘मिस मंगोल’ र ‘मिस लिटिल आइडल’ गर्दै आएको एक्सन इन्टरटेनमेन्टले यस वर्षदेखि ‘मिस टिन आइडल’ सुरु गरेको हो । ‘मिस टिन–२०१४’ मा १५ जिल्लाका २३ प्रतियोगी अन्तिम स्पर्धाका लागि उत्रिएका छन । ‘मिस लिटिल आइडल–२०१४’ को यो छैटौं संस्करण हो, जसमा ५२  प्रतियोगी प्रतिस्र्धा गरिहेका छन । आयोजक संस्थाकी प्रबन्ध निर्देशक चन्दा घिसिङका अनुसार ‘मिस टिन आइडल’ १६ साउन र मिस ‘लिटिल आइडल’ को फाइनल १७ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने छ ।

a4

Comments