शिवजीलाई वर माग्दै ‘शिवजीको भक्त’
screennepal
प्रकाशित: २०७१, ९ श्रावण शुक्रबार
no img

काठमाडौं । भनिन्छ, ‘साउनको महिमा, शिवजी महिना’ । तर, गीतकार तथा गायिका गायत्री थापाका लागि सधैँ शिवजीको महिना हो । किनकि, गायत्री आफूलाई ‘असल शिवभक्त’ ठान्छिन् र १२ महिना भगवान् शिवजीको आस्थामा रमाइरहेकी हुन्छिन् । गायत्री भन्छिन्, ‘म शिवजीको असल भक्त हुँ, सधैँ शिवजीलाई खुसी बनाउन चाहन्छु ।
gayatri thapa
गायत्री गीत लेख्छिन् अनि गाउँछिन् पनि । उनका गीतका प्रायः शिवजीकै बखान गरिएको हुन्छ । पाँच वर्षयता निरन्तर तीजको मौसममा तीज एल्बम निकाल्दै आएकी गायत्रीले यसपटक पनि शिवजीलाई खुसी पार्न शिवगान गाएकी छन्  अर्थात् उनले शिवजीलाई वर मागेकी छन् । केही दिनअघि गायत्रीको ‘शिवजीलाई माग्छु वर’ तीज एल्बम सार्वजनिक गरिन् । सो एल्बमका प्राय गीतमा भगवान् शिवकै नाम जपिएको छ । ‘शिवजीलाई खुसी बनाउन शिवजीको गीत गाएकी हुँ’ गायत्रीले भनिन्, ‘म भगवान शिवजीप्रति गहिरो अस्था राख्छु ।’
आधुनिक गीति लेखनसँगै लोक गायनमा प्रवेश गरेकी गायत्रीको हालसम्म सात एल्बम प्रकाशित भइसकेका छन् । ‘माया प्राप्ती होइन’ गीति एल्बम ल्याएर नेपाली सांगीतिक क्षेत्रमा होमिएकी गायत्रीले यसअघि ‘सुनको चुरा’, ‘रातो सारी’, ‘उठेर बसेर’ जस्ता तिज एल्बम नेपाली चेलीबेटीका लागि ल्याइसकेका छन् । आधुनिक गीत नगाए पनि उनले जितका लागि ल्याएको एल्बममा भने प्राय आफ्नै स्वर तथा शब्द राखेकी छन् । उनी भन्छिन्, ‘म आधाुनिक गीत गाउँदिनँ, लेख्छु मात्र । तर, लोक र आइटम गीत भने गाउँछु ।’
तिज नेपाली महिलाका लागि विशेष पर्व हो । र, तिज लाग्नअघि साउन महिनाभरी महिलाहरु हातमा मेहेंन्दी र हरियो चुरा लगाएको शिवजीको स्तुति गर्छन् । यसका गायत्री छुटिने कुरै भएन । ‘साउन महिना मेरो विशेष महिना हो’ गायत्रीले भनिन्, ‘शिवजीको व्रत त १७ वर्षदेखि निरन्तर बस्दै आएकी छु । तर, यो साउन महिनाभरी भने विशेष रुपमा पुजाआजा गर्दै शिवजीलाई मनाउँछु ।’
शिवको नाममा व्रत बस्न थालेपछि आफूले सोचेको कुरा पुग्दै आएको गायत्रीको भनाइ छ । ‘म खुसी छु । शिवजीले मैले सोचेको पु¥याउँदै आउनु भएको छ’ गायत्रीले भनिन्, ‘मेरो मनको इच्छा पूरा गरेकै कारण शिवजीको भक्त बनेकी हुँ ।’ शिवजीलाई खुसी बनाउनकै लागि गायत्रीले शिवजी भजन ‘आराधना’ ल्याएकी छन् ।

 

 

Comments