‘प्रिन्सेस नेपाल’ प्रतियोगीले देखाए कला
screennepal
प्रकाशित: २०७१, ३ श्रावण शनिबार
no img

काठमाडौं । ‘प्रिन्सेस नेपाल’ को दोस्रो संस्करणका प्रतियोगीले शनिबार ललितपुरको १९९९ एडी पार्टी प्यालेसमा आ–आफ्नो प्रतिभा देखाए । ‘ट्यालेन्ट सो’अन्तर्गत उनीहरुले प्रतिभा प्रस्तुत गरेका हुन् ।

princess group 

‘प्रिन्सेस नेपाल–२०१४’ का प्रतियोगीहरु सामुहिक तस्बिर खिचाउँदै

नेप्लिज फेसन होम आयोजनाद्धारा आयोजित प्रतियोगिताका सहभागीले नृत्य, गायन, अभिनयलगायतका कला प्रस्तुत गरेका थिए । अधिकांस प्रतियोगीले नृत्य गरे । प्रतियोगितामा १८ जना प्रतियोगी फाइनलका लागि स्पर्धा गरिरहेका छन् । ट्यालेन्ट सोमा रस्मिता लिम्बु, सितुसित बस्नेत, पाशाङ शेर्पा, साइस्ता पोखरेल, पुजा मानन्धर, श्रद्धा बस्नेत, स्वस्तिका कर्माचार्य, नेहा भट्टराई,कविता शर्मा, समिना तमौट, श्वेच्छा ढकाल, रुस्मिता शाही, स्विटी शेर्पा, सिरपा महर्जन, अलिशा अर्याल, छिम्साङ लामा, कुसु तामाङ र सदीक्षा मिश्र थिए ।
ट्यालेन्ट शोको निर्णायकमा पवन कुमार थापा, उज्ज्वल कृष्ण श्रेष्ठ, बिनाद बन्जारा, निणर्य श्रेष्ठ, आमरज्योती रञ्जित, पत्रकार कृष्ण भट्टराई र हेमन्त गौतम एवं पूर्वमिस नेवा सुदिना श्रेष्ठ थिए । ‘प्रिन्सेस नेपाल–२०१’ अन्तिम स्पर्धा ११ साउनमा नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरले बताइन् ।

Comments