मलेसियामा हुने ‘मिसेस युनिभर्स’ भिड्दै रजनी
screennepal
प्रकाशित: २०७१, १ श्रावण बिहीबार
no img

काठमाडौं । मलेसियामा हुने ‘मिसेस युनिभर्स २०१४’ मा रजनी थापाले पनि सहभागी जनाउने भएकी छन् । ‘इप्लानेटले हालै आयोजना गरेको ‘मिसेज नेपाल’ की विजेता रजनीले ‘मिसेस युनिभर्स–२०१४’ मा नेपालको प्रतिनिधित्व इप्लानेट जनाएको हो । प्रतियोगितामा सहभागीका लागि २८ वर्षीया रजनी अगष्ट २० मा मलेसिया प्रस्थान गर्नेछिन् ।
संस्थाका अध्यक्ष सन्तोष सापकोटाका अनुसार आउँदो २९ अगष्टमा मलेसियाको लालाम्पुरस्थित सन वे रिर्सोट हुने फाइनल प्रतियोगितामा विभिन्न ६३ देशका सुन्दरीले स्पर्धा गर्नेछन् । नेपालको तर्पmबाट यो दोस्रो सहभागिता हो । यसअघि ४४ वर्षीया मिना घिमिरेले उक्त प्रतियोगितामा उत्कृष्ट १० मा परी ‘मिसेज इन्टेलिजेन्स’ को उपाधी हात पार्न सफल भएकी थिइन् ।मलेसियालगायत विभिन्न ६३ देशका करिब ३ हजार दर्शक सामु त्यहाँ रजनीले नेपालको झन्डा फहराउने छिन् । ‘मिसेस ग्लोब–२०१३’ मा नेपालका तर्फबाट सहभागी बनेकी रजनी थापाले ‘मिसेस फिलेन्थ्रोपी’ विधाको अवार्ड जितेकी थिइन् । त्यसैले उनले यसपटक पनि कुनै न कुनै उपाधि हासिल गर्न सक्ने अपेक्षा गरिएको छ । Displaying 1.jpg

Comments