स्वर्णिलाई ‘हिमालय प्रिन्सेस्’ उपाधि
screennepal
प्रकाशित: २०७१, २७ असार शुक्रबार
no img

काठमाडौं । हिमालय प्रिन्सेस नेपालको उपाधि स्वर्णिमा शाक्यले जितेकी छन् । ‘आन्तरिक पर्यटनको विकासमा युवाको सहभागिता’ भन्ने नाराका साथ रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको प्रतियोगितामा स्वर्णिमाले उपाधि आफ्नो पोल्टामा पारेकी हुन् । एडभेन्चर्स एवं पृथक सौन्दर्य प्रतियोगिता भनिएको ‘हिमालय प्रिन्सेस नेपाल–२०१४’ मा १६ देखि २२ वर्ष उमेरका युवती स्पर्धी थिए ।
त्यस्तै, प्रतियोगितामा विना अधिकारीले फस्ट रनरअप र एसएमएस. अवार्ड पाइन् भने सकेन्ड रनरअप सुवासी श्रेष्ठले आफ्नो पोल्टामा पारिन् । उनले ‘मिस आइकोनिक आइज’ को उपाधि पनि जितिन् । प्रतियोगिामा बेस्ट ड्रेस ईशा खत्री, फोटो जेनिक प्रलिता रानामगर, स्माइल रिसा अवाले, फ्रेन्डसिप अंकिता शाह, बेस्ट हेयर स्वेता श्रेष्ठ, कम्पलेक्सन ओजस्वी श्रेष्ठ, पर्सनालिटी विदुशी दाहाल, डिसिप्लेन प्रिति जयसवाल र मिस ट्यालेन्टको उपाधि रिनु मर्हजन पाए । कार्यक्रममा मिस एडभेन्चरको अवार्ड बुनु खड्काले पाइन् ।

 

Comments