सिनेमा हलमा दर्शक छल्दै ‘छल’
screennepal
प्रकाशित: २०७२, ९ माघ शनिबार
no img

काठमाडौं । यतिखेर दर्शकले नेपाली चलचित्र ‘छल’ को स्वाद लिन पाइरहेका छन् । यो चलचित्र गएको शुक्रबारबाट सिनेमा हलमा लागेको हो । निर्माणपक्षका अनुसार चलचित्रले देशभरका सिनेमा हलमा राम्रो दर्शक पाइरहेको छ । एक्शनप्रधान या चलचित्रलाई शिव घिमिरेले निर्देशन गरेका हुन् ।

chhal
लाइफ रेश मुभिजको व्यानरमा निर्मित यस चलचित्रमा प्रज्वल गिरि, सञ्जोग राणा, श्रीदेव भट्टराई, सोनिया गिरि, सविना कार्की, इशा गौतम, श्याम मगर लगायतका कलाकारको अभिनय रहेको छ । सन्तोष कुँवरको प्रस्तुती तथा हरि कुँवर र देवीबहादुर तोलाङ्गी निर्माण रहेको चलचित्र ‘छल’ मा शंकर महर्जनको द्वन्द्व, गणेश चौधरीकोे संगीत, अजय स्याङ्तानको नृत्य निर्देशन रहेको छ । चलचित्र एक्शनका साथै मायाप्रेमका सन्दर्भ र विविध खाले मनोरञ्जनात्मक खुराकलाई पस्केको निर्माणपक्षको दावी छ ।

Comments