‘आदिवासी जनजाति चलचित्र महोत्सव’मा २० चलचित्र (सुचिसहित)
screennepal
प्रकाशित: २०७६, १५ जेष्ठ बुधबार
no img

राजधानीमा यही २४, २५ र २६ जेठमा तेस्रो आदिवासी जनजाति चलचित्र महोत्सब२०७६’ आयोजना हुने भएको छ । आयोजक संस्था आदिवासी जनजाती चलचित्र महासंघले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । यसपटक महोत्सवमा विभिन्न २० आदिवासी चलचित्र प्रदर्शन हुने भएको छ ।
जनजाति समुदायका चलचित्रको प्रवद्र्धन तथा सम्वद्र्धन गर्ने उद्देश्यले दुई वर्षयता आदिबासी जनजाति चलचित्र महोत्सब आयोजना हुँदै आएको छ । यसैबलाई निरन्तरता दिँदै महोत्सव आयोजना गर्न लागेको महासंघका अध्यक्ष अमृता सुनुवारले जानकारी गराए । कार्यक्रममा बोल्दै अध्यक्ष सुनुवारले भने, ‘आदिवासी चलचित्रलाई पनि राज्य प्राथमिकता दिएमा राष्ट्रको मौलिक पहिचान र साँस्कृतिक एवं प्राकृतिक क्षेत्रको पर्यटन बिकासमा ठुलो टेवा पुग्नेछ ।’ तर, अहिलेसम्म आदिवासी चलचित्रलाई राज्यले खाशै प्राथमिकता दिएको पाइँदैन ।
महोत्सवमा आदिवासी जानजाति चलचित्र, वृत्तचित्र र छोटा चलचित्र गरि २० वटा आदिबासी जनजाती प्रदर्शन गरिनुका साथै आदिबासी जनजाति चलचित्रको बस्तुगत अवस्थाबारे समेत जानकारी गराइने छ ।


महोत्सवमा दर्शकबाट छनाट भएको उत्कृष्ट चलचित्रलाई पब्लिक च्वाईस अवार्ड, उत्कृट आदिबासी जनजाति चलचित्र (जुरी अवार्ड) अभिनयतर्फ महिला÷पुरुष उत्कृष्ट कलाकार, उत्कृष्ट निर्देशक र उत्कृष्ट क्यामेरामेन गरि जम्मा ६ बिधामा अवार्ड बितरण गरिने जनाइएको छ ।
भृकुटीमण्डस्थित नेपाल पर्यटन बोर्डको आयोजना हुने महोत्सवमा
यसपटक प्रदर्शन हुने चलचित्रको सुचि यस्तो छ ।

१, म्ले क्यु (गुरुङ) निर्देशक : जस माया गुरुङ
२. रिजेनासा (गुरुङ) निर्देशक : प्रितम गुरुङ
३.मोङो डोङा–२ (माझी) निर्देशक : सुञ्जीत माझी
४. द लस्ट नोमेड्स अफ एभरेष्ट (शेर्पा) निर्देशक : निश्चल पौडेल
५. पुल्टी (राजबंशी) निर्देशक : प्रबलद्घिप बिश्वास
६. यारी (राई) निर्देशक : बिर बहादुर राई
७. वाम्बुले राई संस्कार (राई) निर्देशक : कृष्णजित राई
८. छेँगु (सुनुवार) निर्देशक : लक्ष्मी सुनुवार
९. आङा थेबा (तामाङ) निर्देशक : अमृतबहादुर सुनुवार
१०. झुमरा नाच (थारु) निर्देशक : आशिष बिक
११. खुर्पेटो (मगर) निर्देशक : बिश्वास मगर (बिकास)
१२. साङ्गेला घ्रान (तमाङ) निर्देशक : दिपक तामाङ
१३. कृषा गौतमी (नेवार) निर्देशक : रामकृष्ण खड्गी
१४. नौलिन भद्रकाली जात्रा (नेवार) निर्देशक : रामकृष्ण श्रेष्ठ
१५. तिनपाने (मगर) निर्देशक : युकी आले
१६. केः (लिम्बु) निर्देशक : सागर केरुङ
१७. धुर्सा (तामाङ) निर्देशक : कमल योञ्जन तामाङ
१८. केः साङ्ला (लिम्बु) निर्देशक : लोकन साँवा लिम्बु
१९. निप्हुगाल (भुजेल) निर्देशक : कृष्ण कुमार गुरुङ
२०. सिरुवा पावैन (थारु) निर्देशक : पशुराम चौधरी

Comments