ओजश्वी र सन्ध्यालाई उपाधि
screennepal
प्रकाशित: २०७५, ६ असार बुधबार
no img

‘मिष्टर एण्ड मिस एसइई ग्ल्याम–२०१८’को उपाधि ओजश्वीराज थापा र सन्ध्या अर्यालले जितेका छन् ।
ब्राइट फ्युचर स्कुल नैकापमा अध्यायनरत ओजश्वीले मिष्टर पपुलर र भिअर्स च्वाइस अवार्डसहित तथा त्रिभुवन पब्लिक स्कुल मैतिदेबीमा अध्यायनरत सन्ध्याले बेष्ट स्पिच र युट्युव च्वाइज अवार्ड उपाधि हात पारेका हुन् ।


राजधानीको कमल पोखरीस्थित रसियन कल्चर सेन्टरमा आयोजित कार्यक्रममा एकै स्टेजबाट ‘मिस एसइई युनिभर्सल–२०१८’ समेत गरेर तीन बिजेता एकसाथ छानिएको थियो । जसमा ‘मिस एसइई युनिभर्सल २०१८’को ताज शुभेक्षा खड्काले हात पारिन् ।
कार्यक्रममा ‘मिष्टर एण्ड मिस एसईई ग्ल्याम २०१८’तर्फ रिकेश घिमिरे र समिक्षा मिजार फष्टरनर अफ चुनिँदा सेकेन्ड रनरअप दिजन भट्टराई र सबिना बुढाथोकी भएका छन् । मिस एसइई युनिभर्सलतर्फ फष्ट रनरअप, सेकेन्ड रनरअप र थर्ड रनरअप क्रमश अनुजा खनाल, प्रनिशा राय, अनुपम अधिकारीले प्राप्त गरेका छन् ।
ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टका लागि आषिशकुमार मिश्र आयोजक रहेको प्रतियोगिता ‘मिष्टर एण्ड मिस एसइई ग्ल्याम २०१८’ को छात्रतर्फ बिशाल तामाङ मष्ट डिजरभिङ, राहुल चन्द बेष्ट फिजिक, राम ढुंगाना मष्ट फोटोजेनिक, सागर चौधरी बेष्टवाक, रिकेश घिमिरे मोष्ट ट्यालेन्ट, लिकेश तामाङ मष्ट ह्याण्डसम, डिजन भट्टराई बेष्ट स्पिच, राकेश खिउजु सोशल एम्बास्डर र सञ्जय तामाङ बेष्ट पर्सनालिटी भए ।


त्यस्तै, छात्रातर्फ समिक्षा मिजार मिस क्याटवाक, इन्चि शेर्पा भिअर्स च्वाइज, श्रद्धा सुवेदी बेष्ट डान्स, अकेशा केसी मष्ट गर्जिअस, सस्मित बेष्ट हेयर,रोशनी कटुवाल बेष्ट पर्सनालिटी, प्रज्ञा सेन्च्युरी बेष्ट स्माइल र फोटोजेनिक, नेहा जोशी बेष्ट स्क्रिन, कशिश घले फेसन आईकन, सबिना बुढाथोकी मष्ट डिर्जभिङ, प्राञ्जली खड्का ब्युटी विथ पर्पस र सलिना मष्ट ट्यालेन्ट घोषित भएका छन् ।
अश्विनी झाको कोरियोग्राफी र आकाश गिरीको कार्यक्रम संयोजन रहेको प्रतियोगिता ‘मिस एसइई युनिभर्शल’तर्फ कृतिका सुवेदी फेसन आईकन, अलिशा ढकाल फोटोजेनिक, नम्रता सापकोटा मष्ट चार्मिङ, मोनिका श्रेष्ठ ब्युटी विथ पर्पस, आशिका पनित बेष्ट स्क्रिन, समृति श्रेष्ठ बेष्ट स्माइल, अमिश बिश्वकर्मा मष्ट गर्जिअस, चाहना लामा बेष्ट हेयर, मन्दिपा मगर मष्ट फेन्डली, स्वर्णिमा केसी बेष्ट डान्स र विमला लम्साल बेष्ट स्पिच सब टाइटल बिजेता भएका छन् ।

Comments