भारतीय सुन्दरी मानषी बनिन् ‘विश्व सुन्दरी’
screennepal
प्रकाशित: २०७४, २ मंसिर शनिबार
no img

बेइजिङ्, २ मङ्सिर (एजेन्सी) । ‘मिस वर्ल्ड-२०१७’को ताज भारत हरियाणाकी मानुषी छिल्लरले जितेकी छन् । शनिबार चीनको सान्यामा भएको ‘मिस वर्ल्ड’को ६७ औं संस्करण अर्थात ‘मिस वर्ल्ड २०१७’ को फाईनल राउण्डमा मानुषीले दिएको जवाफले उनलाई विजयी बनाएको हो ।
‘संसारमा सबैभन्दा बढी मुल्य तिर्नुपर्ने काम कुन हो ?’ भन्ने प्रश्नमा टप फाईभ मध्येकी मिस इन्डिया मानुषीले ‘आमाले बच्चाहरु र घरको लागि गर्ने काम’ भनि जवाफ दिएकी थिईन् । उनले यो जवाफ दिईरहदा दर्शकदिर्घामा बसेकी उनकी आमा पनि निकै खुशी देखिएकी थिईन् । उनले आमाको महत्व र महिमाको बारेमा निकै गहकिलो जवाफ प्रस्तुत गरिन् ।
त्यस्तै ‘मिस वर्ल्ड २०१७’ को फर्स्ट रनरअप र सेकेन्ड रनरअप क्रमश मेक्सिकोकी एन्डेरा मिजा र बेलायतकी स्टेफिनी हिल भएका छन् । मिस नेपाल निकिता चान्डक भने टप ४० बाटै बाहिरीएकी थिईन् ।

Comments