एयर होस्टेस–फेसन डिजाइनरका विद्यार्थी सडकमा (फोटोफिचर)
screennepal
प्रकाशित: २०७४, १ आश्विन आईतवार
no img

काठमाडौं, १ असोज । एयर होस्टेस र फेसन डिजाइनर बन्न अध्ययन गरिरहेका युवतीहरु शनिबार सडकमा देखिए । उनीहरु कुनै माग राखेर सडकमा ओर्लिएका भने होइन । ती युवतीहरु रातो पहिरनमा क्यान्सर सचेतना अभियानमा सडकमा ओर्लिएका हुन् ।

हो, एयर होस्टेस र फेसन डिजाइनरका विद्यार्थीहरुलाई फ्लाईटेक इन्टरनेशनल एयर होस्टेस एकेडेमी तथा फेसन इन्स्टिच्युट आईआईएफटी र नेपाल क्यान्सर रिलिफ सोसाइटीले क्यान्सर सचेतनाका लागि सडकमा ओरालेको हो ।

नेपाल क्यान्स रिलिफ सोसाइटीको ३५औं वार्षिकीको अवसर पारेर फ्लाईटेकको अग्रतामा सो -याली निकालिएको थियो । -यालीमा एयर होस्टेस र फेसन डिजाइनिङका दुई सयभन्दा बढी विद्यर्थी सहभागी थिए । -याली फ्लाईटेकको कार्यलय बागबजारबाट सुरु भई रत्नपार्क, मांहाकाल, न्युरोड, इन्द्रचोक, असन, भाटाहिटी हुँदै बागबजारमै आएर टुंगिएको थियो । यस्ता किसिमका कार्यक्रमले क्यान्सर रोकथाममा सचेनता आउने दावी फ्लाईटेकका निर्देशक नाजिर हुसैनले गरे ।

Comments