‘किड क्विन’ प्रतियोगीको ट्यालेन्ट शो
screennepal
प्रकाशित: २०७४, १७ बैशाख आईतवार
no img

काठमाडौं, १७ बैशाख । नेप्लिज फेशन होमद्धारा आयोजित १५औं किड क्विन नेपाल–२०१७ का प्रतियोगीले राजधानीमा एक समारोहबीच ट्यालेन्ट शो अन्तर्गत आफुमा भएको प्रतिभा प्रस्तुत गरेका छन् ।
सो क्रममा उनीहरुले नृत्य, गायन, अभिनय, बतृत्वकला जस्ता प्रतिभा प्रस्तुत गरे । बहुसँख्यक प्रतियोगीले नृत्य देखाएका थिए । यो प्रतियोगितामा २७ प्रतियोगी छन् । जसमा पूर्णिमा थापा, बियन्का श्रेष्ठ, अभिषा सिग्देल, अजुबी वाग्ले, सोफिया श्रेष्ठ, क्रिस्टिना वोहरा, आयुशी यादब, सवनम राउत, सुयोशा गिरी, एन्जल कार्की, एल्ड्रिना श्रेष्ठ, सजना खड्का, प्रज्ञा थापा, दियानी केसी, श्रीसिका सिंह ठकुरी रहेका थिए । यस्तै ट्यालेन्ट शो प्रस्तुत गर्ने अन्य प्रतियोगीमा सामना श्रेष्ठ, कृतिका चौधरी, आयस्मा बाजुराली, सोफिया खड्का, पुर्णिमा लामा, बिराँगना वाग्ले, कोहिनुर भारती, सिमरन राई, हेमा लामा, प्रगती केसी, सलिना तामाङ, अमिषा ढकाल थिए ।
ट्यालेन्ट शोको निर्णायकमा गायिका एवं सञ्चारकर्मीद्धय धन लामा, राज्यलक्ष्मी शाक्य, पूर्व किड क्विन करिना भट्टराई, गायक निर्णय श्रेष्ठ एनएसके, शिक्षा व्यबसायी पवन कुमार थापा लगायत थिए ।
९ देखि १३ वर्ष उमेर समुहका बालिकाहरुको प्रतिभा प्रस्तुति बिगत १५ वर्षदेखि किड क्विन नेपाल आयोजना गर्दै आएको नेप्लिज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले कार्यक्रममा बताईन् । १५ औं किड क्विन नेपालको चयन आगामी २८ बैशाखमा राजधानीमा हुने अध्यक्ष मानन्धरले कार्यक्रममा जानकारी गराईन ।

Comments