कामठाडौं, १७ चैत । स्टार वन इन्टरटेनमेन्ट प्रालिले किशोरीबिच सौन्दयै प्रतियोगिता ‘मिस टिन ग्लोब–२०१७’ गर्ने भएको छ । स्टार वनले किशोरीका लागि पहिलोपटक राजधानीमा यो प्रतियोगिता गर्न लागेको हो ।
आयोजक संस्थाकी अध्यक्ष पुजा निरौलाका अनुसार किशोरीहरुको व्यक्तित्व र आत्मविश्वासबृद्धिका लागि प्रतियोगिता गर्न लागिएको हो ।
नयाँ वर्ष २०७४ को बैशाख २ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने प्रतियोगितामा जश्मिन ओजा, दिपिका खड्का, श्रुति मर्हजन, अस्मिता दंगाल, वर्षा कोइराला, प्रसस्ना श्रेष्ठ, जेमिना घिसिङ, सजिता दाहाल, सुनिता थापा मगर, कञ्चन मगर, सुवर्णा सिंखडा, अनुजा कार्की, आयुष्मा मर्हजन, संरचना विश्वकर्मा, रुसाली अधिकारी, समिता तामाङ, अनिषा स्थापित, आस्था शाह, सञ्चली प्रधान, सलिना मर्हजन, शर्मिला तामाङ, स्वस्ती दंगाल, रेशिमा थापा, वन्दना वस्नेत, सिमा लामा, मिड. ह्याल्मो, पुजा आचार्य र पासाङ ल्यामु शेर्पाले अन्तिम स्पर्धा गर्नेछन् ।
कोरियोग्राफर अश्विनी झा, संगीतकार सरोज प्याकुरेल, मिसेस नेपाल इन्टरनेशनल २०१६ अनुपमा राई, इभेन्ट आयोजक लब कार्की र निशु झाको निर्णायक मण्डलले प्रतियोगिताका अन्तिम स्पर्धीहरु चयन गरेको स्टार वन इन्टरटेनमेन्टले जनाएको छ । जमुना तामाङको संयोजकत्वमा हुने प्रतियोगिताका लागि अश्विनी झाले कोरियोग्राफी गर्नेछन् ।