अजेस्नालाई ‘मिस कलेज आइकन’ उपाधि
screennepal
प्रकाशित: २०७३, १७ माघ सोमबार
no img

Miss College Icon

काठमाडौं, १७ माघ । एएनपी मिडिया हाउसद्धाराा आईतबार राजधानीमा आयोजित सौन्दर्य तथा प्रतिमामूलक प्रतिस्पर्धामा अजेस्ना शाक्य मिस कलेज आइकन २०१७ भएकी छिन्। अजेस्ना शाक्य बेष्ट स्कीन, फेसबुक च्वाइस र बेष्ट फिट्नेसको उपउपाधिका साथ मिस कलेज आइकन २०१७ भएकी हुन्।
राजधानीका विभिन्न कलेजमा अध्ययनरत कलेज सुन्दरीहरुका बिच भएको प्रतियोगितामा जमुना कार्की फष्ट रनर्सअपका साथ मिस कन्जिनियालिटी, पीया कुँवर सेकेन्ड रनर्सअपका साथ मिस व्युटीफुल तथा टासी ल्हामु शेर्पा थर्ड रनर्सअपका साथ मष्ट डिसिप्लेन भए। त्यसै गरी रेखा सन्दस बेष्ट फिजिक, कृति श्रेष्ठ बेष्ट स्पीच, बीन्दु भट्ट मष्ट चार्मिङ्ग, सुजना पाण्डे मिस फोटोजेनिक र मष्ट पापुलर, सभ्याता नेपाल मिस क्याटवाक र मष्ट एक्टिभ, सलिसा श्रेष्ठ मष्ट फ्रेण्डली, दिना देके मष्ट कन्फीडेन्ट, प्रतिज्ञा थापा मिस ट्यालेन्ट, ममता गुरुङ, मष्ट ब्यटिफुल आइज, इस्पा जोशी बेष्ट हेयर र स्वेता थापा वेष्ट फर्सनालिटी भएका छन्।

Little Icon Nepal-Kids (Girls)
विभिन्न वर्ग र उमेर समूहहरुका बिच विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको एएनपी मिडिया हाउसले यसपटक मिस कलेज आइकनका साथमा लिटिल आइकन नेपाल २०१७ पनि एक साथ आयोजना गरेको छ। राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा भएको लिटिल आइकन नेपाल २०१७ अन्र्तगत १२ देखि १५ वर्षसम्मका बालकहरुबिचको प्रतियोगितामा सानमीयल महर्जन विजेताका साथमा मिस्टर ट्यालेन्ट भएका छन् भने सन्देश बज्राचार्य फष्ट रनर्सअपका साथ मष्ट पपुलर, मिस्टर क्याटवाक र बेष्ट फिटनेश, युगल लिम्बु सेकेन्ड रनर्सअपका साथ मष्ट फ्रेण्डली, सुक्रिन श्रेष्ठ थर्ड रनर्सअपका साथ मष्ट एकटिभ र मष्ट फोटोजेनिक भएका छन्। यो उमेर समूहको प्रतियोगितामा प्रज्ञान महर्जन मष्ट डिसिप्लेन, रबिन लामा मिस्टर ह्याण्डसम, लक्की महर्जन बेष्ट पर्सनालिटी र अस्तीत्व राई मष्ट डिजर्मिङ्ग भएका छन्। त्यसै गरी बच्चा ८ देखि १२ वर्षसम्मका बालिकाहरुबिचको प्रतियोगितामा योगीशा शाक्य विजेताका साथमा बेष्ट फिटनेस, अन्शु रानामगर फष्ट रनर्सअपका साथमा मिस कन्जिनियालीटी र फेसबुक च्वाइस, सन्दीका रानामगर सेकेन्ड रनर्सअपका साथमा मष्ट व्युटिफुल आइज तथा खुशी थामी थर्ड रनर्सअपका साथमा मिस क्याटवाक भएका छन्। यो उमेर समूहबिचको प्रतियोगितामा लुनिभा श्रेष्ठ मष्ट पोजिटिभ एटिट्युट, त्रिष्णा भुजेल बेष्ट स्किीन, सरिष्मा श्रेष्ठ बेष्ट हेयर, अमृता महर्जन मष्ट डिसिप्लेन, बिकिसा घलान मष्ट चार्मिङ्ग, निहारिका भण्डारी मष्ट एक्टिभ, निर्देशीका अधिकारी मष्ट फोटोजेनिक र मष्ट पर्फेक्ट, अनिशा श्रेष्ठः मष्ट पपुलर र बेष्ट पर्सनालिटि, प्रिया गौतम फेसन आइकन अवार्ड, रेभना महर्जन मिस ट्यालेन्ट र मेनजमेन्ट च्वाइस अवार्ड, इमरोज महर्जन मष्ट फ्रेण्डली, शोबिका महर्जन मष्ट कन्फिडेण्ट, सुनोयना खड्का मिस ब्युटिफुल, बिनु तामाङ, बेष्ट फिजिक भएका छन्।

Little Icon Nepal-Teens (Girls)
त्यसै गरी १२ देखि १५ वर्षको समुहका बिच भएको प्रतियोगितामा ज्वाला राई विजेताका साथमा मष्ट पपुलर, मष्ट व्युटिफुल आइज र फेसबुक च्वाईस, सन्जीना शार्मा फष्ट रनर्सअपका साथमा मिस कन्जिनियालिटी र बेष्ट पर्सनालिटी, प्रनिका कुँवः सेकेन्ड रनर्सअपका साथमा बेष्ट हेयर, सुनिमा लामा थर्ड रनर्सअपका साथमा बेष्ट स्पीच भएका छन्। त्यस्तै पुनम महर्जन मष्ट पन्चुयालिटी, इशा थापा मिस ट्यालेण्ट, कृति महर्जन मष्ट फोटोजेनिक, श्रेया सिलवाल बेष्ट स्कीन, अनुभूती श्रेष्ठ मिस क्याटवाक र मष्ट चार्मिङ्ग, आकृति बिष्ट मष्ट फ्रेण्ड्ली, समिता घिमिरे मिस व्युटिफुल र मष्ट एक्टिभ, प्रनिशा कुँवर बेष्ट हेयर र आयुश्री शिल्पकार बेष्ट फिटनेश उपउपाधिका विजेता भएका थिए।
सबै प्रतियोगिता अश्विनी झाको कोरियोग्राफी र सञ्चालनमा भएको थियो भने ललितपुर प्याबसन अध्यक्ष शिब कार्की, ललितपुर नेसनल प्याबसन अध्यक्ष सुरेश कार्की, इभेन्ट निर्देशक निशुकान्त झा, सञ्चारकर्मी सरोज प्याकुरेल,सुर्य चन्द र अन्तर्राष्ट्रय कार्यक्रम आयोजक नवराज श्रेष्ठ प्रतियोगिताका निर्णायक रहेका थिए।
काष्ठमण्डप टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रममा गोपाल ढकाल (छन्दे) ले हास्यवंग तथा प्यागेडी गीत गाएर मनोरञ्जन दिलाएका थिए भने विच विचमा विभिन्न गीत संगीत र नृत्य प्रस्तुत गरिएको थियो।

Comments