नेपाली फिल्म क्षेत्रको सबैभन्दा सेक्सी पुरुष ?
जीवन लुइटेल । उहाँको शारीरिक बनावट, ड्रेस सेन्स, बोली, मुस्कान, सबै सेक्सी लाग्छन् ।
सेक्स भनेको के हो ?
शारीरिक आवश्यकता । यो सबैलाई चाहिन्छ ।
ननभेज–जोक्स कत्तिको गरिन्छ ?
सुटिङमा ब्रेक हुँदा साथीभाइले भनेको सुनिन्छ । रमाइलै लाग्छ ।
प्रेमसम्बधमा सेक्सले कस्तो भूमिका खेल्छ ?
सेक्सले सम्बन्धलाई दिगो बनाउँछ ।
युवा पुस्ताको सेक्सप्रतिको उदारतालाई कसरी लिनुहुन्छ ?
सेक्सलाई हल्का रूपमा लिनु हुँदैन । सेक्स सही समय, सही ठाउँ र सही मान्छेसँग हुनुपर्छ ।
काठमाडौँमा रेडलाइट एरियाको आवश्यकता देख्नुहुन्छ ?
यो जरुरी भइसकेको छ ।
शुक्रवारबाट