मिलन र मेनुकासंगै हेल्लो गजलमा क्रिष्टमस ईभ…!
screennepal
प्रकाशित: २०७४, ६ पुष बिहीबार
no img

काठमाडौं, ६ पुस । गायिका मिलन अमात्य एकपटक फेरि साया हेल्लो क्याफे गजलबारमा गुन्जिने भएकी छन् । सुमधुर स्वरकी धनी मिलन यही आईतवार क्रिष्टमस इभमा सायामा प्रस्तुत हुँदैछिन् । मिलनको साथमा उक्त दिन नेपाल आइडलको टप टेन मेनुका पौडेल पनि प्रस्तुत हुने क्याफेले जनाएको छ ।


बागबजारस्थित साया हेल्लो क्याफे गजलबारमा केही साता यता गायिका प्राश्ना शाक्य हरेक शुक्रबार प्रस्तुत हुँदै आएकी छन् । उनी भोली शुक्रबार पनि प्रस्तुत हुँदैछिन् ।
सुरुदेखि नै यो गजलबारले नियमित साङितिक प्रस्तुतीसंगै शुक्रबार देशका ख्याती प्राप्त कलाकारलाई प्रस्तुत गर्दै आएको छ । यो गजल ओपनिङमा प्रस्तुत भएकी मिलनलाई क्रिष्टमस इभमा पुन प्रस्तुत गराउने क्याफेका संचालक रुल्ज गुरुङ्ले बताए ।


मिलन पछिल्ल्लो समयकी चर्चित गायिका हुन् । पार्श्वगायनसँगै आधुनिकमा जम्दै आएकी मिलनको दर्जनौ हिट गीत छन् । त्यस्तै, मेनुका नेपाल आइडल’मा टप ११ सम्म पुगेर दर्शक तथा श्रोताको मन जित्न सफल भएकी हुन् । मेनुका दृष्टिविहिन प्रतिभा हुन्, जस्ले, दृष्टिविहीन भएर पनि आफ्नो गायन कलामार्फत लाखौ श्रोता तथा दर्शकको मन जित्न सफल भइन् ।
हेल्लो गजलबारमा यसअघि चर्चित गायक स्वरुपराज आचार्य प्रस्तुत भैसकेका छन् भने अब चाडै नेपाली गायनकी मेलोडी क्विन अन्जु पन्त प्रस्तुत हुने भएकी छन् । करिब पाँच महिना अघि संचालनमा आएको यस गजलबारको बिशेषता भनेको गुणास्तरिय खाना र पार्किङ्को सुबिधा हो ।

Comments