प्रतिक्षाको ‘टिनको बाकस’ सार्वजनिक
screennepal
प्रकाशित: २०७६, १८ श्रावण शनिबार
no img

हिन्दु नारीहरुको महान चाड हरितालिका तीज नजिकिँदै गर्दा तीजका गीतहरु बजारमा सार्वजनिक हुनेक्रम तिव्र छ । दिनानुदिन धेरै तीजका भाकाहरु नेपाली संगीतबजारमा सार्वजनिक भइरहेका छन् ।
यसैबिचमा पृथकशैलीमा रहेको तीज गीत ‘टिनको वाकस’ सार्वजनिक गरिएको छ । प्रतिक्षा वाग्ले र सुरज सापकोटाको प्रस्तुति रहेको उक्त गीतमा तेजश रेग्मी र प्रतिक्षा वाग्लेको सुमधुर आवाज रहेको छ भने गीतमा लय र शब्द तेजश रेग्मीको रहेको छ ।
गीतमा आशिष अविरलको एरेन्ज, एचवीएन किस्मतको मिक्सिङ रहेको छ । सुन्दा पृथक अनि नाँचौ नाँचौ लाग्ने गीतमा बर्दियाली मोडल सुनिल शाही, तेजश रेग्मी, पुजन घिमिरे र एलिना ठकुरीको नृत्य देख्न सकिन्छ । गायिका प्रतिक्षा वाग्लेको यसभन्दा अघि पनि तीज गीत र दोहोरी गीत सार्बजनिक भइसकेका छन् ।
इनाक्षी इन्टरटेन्मेन्टको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको उक्त गीतको म्युजिक भिडियोमा शिव बिकको कोरियोग्राफी तथा निर्देशन, अजय रेग्मीको छायाँकन र सुजन शाहीको सम्पादन रहेको छ ।

Comments