६२ हलमा ‘एकलब्य’
screennepal
प्रकाशित: २०७६, १० श्रावण शुक्रबार
no img

चलचित्र ‘एकलब्य’ शुक्रबारबाट मुलुकका सिनेमा हलमा रिलिज भएको छ । एकलब्य देशभरका ६२ ओटा सिनेमा हलबाट रिलिज भएको निर्माणपक्षले जनाएको छ ।
अनमोल शर्माले निर्देशन गरेका चलचित्र एकलब्य एक्सन प्रधान रहेको छ । यो चलचित्रका निर्माता एवम् अभिनेता सोनाम थापा मगरका अनुसार फिल्मले सिँगलसँगै केही मल्टिप्लेक्स हलमा पनि पाएको छ ।
एकलब्यमा सोनम थापामगर, पुष्कर राउत, ओसिन भट्टराई, महिला सिलवाल, शुशिल पोखरेल, शुष्मा कार्की, राजेन्द्र दुलाल, बिराग लोगुनसहितको अभिनय रहेको छ ।
चलचित्र एकलब्यलाई अनमोल शर्माले निर्देशन गरेका हुन् । दर्जन भन्दा बढी चलचित्रमा मुख्य सहायक निर्देशक भएर काम गरिसकेका शर्माको यो डेब्यु निर्देशन हो । पुरानो अनुभवको आधारमा आफुले राम्रो फिल्म बनाउने कोसिस गरेको पनि शर्माले बताए ।
निर्देशक शर्माका अनुसार एकलव्य समसामयिक बिषयमा निर्माण गरिको सामाजिक प्रेम कथामा आधारित छ । ट्रेलरमा गुण्डागर्दी, अपहरण, हत्या, भ्रस्टाचारजस्ता अहिलेका विविध समस्यालाई प्रस्तुत गरिएको छ ।यो चलचित्र हेर्दा दर्शकहरुलाई अहिलेको समसामयिक घटना हामीले हेरिरेहेका छौं महसुस हुने यसका अभिनेता सोनाम थापाले बताए । एकलब्यलाई राजेन्द्र दुलाल, सोनाम थापामगर र अभी थापामगरले निर्माण गरेका हुन् ।
यो चलचित्रमा कृष्ण श्रेष्ठको छायाँकन, अर्जुन जिसीको सम्पादन, कविराज गहतराज र रामजी लामिछोनेको कोरियोग्राफी, राजेन्द्र बजगाईंको गीत÷संगीत, भोजराज देवकोटाको पटकथा सम्बाद रहेको छ ।

Comments