काठमाडौं : लोकप्रिय गायक उदितनारायण झाका छोरा एवं गायक आदित्य नारायण झा नेपाल आइपुगेका छन् । शनिबार त्रिभुवन विमानस्थलमा उनले आफ्ना फ्यानलाई गीत समेत सुनाए। उनले नेपाली फ्यानका लागि आफ्नै बुवाको स्वरमा रहेको ‘यो गाउँको ठिटो म’ बोलको गीत गाएका हुन् ।
त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्तमा कुरा कानी गर्दै उनले आफू धेरै वर्षपछि नेपाल आउन पाउँदा खुसी लागेको बताए । ‘नेपाल मेरो घर हो । धेरै समय पछि आएको छु । समय मिलाएर नियमित नेपाल आउने छु,’ उनले भने । शनिबार साँझा हुने क्लब फरेनहाइटमा हुने कार्यक्रमका लागि आदित्य नेपाल आएका हुन् ।
कार्यक्रममा कुन–कुन नेपाली गीतहरु गाउनुहुन्छ भन्ने प्रश्नमा उनले आफूले त्यसको बारेमा केही पनि नबताउने सबै सरप्राइज दिने बताए। शनिबार साँझ कार्यक्रम सकेर आदित्य आइतबार नै भारत फर्कनेछन। नेपाल आइपुगेका गायक आदित्य नारायण झाले ‘नेपाल मेरो घर हो, अब नियमित आउजाउ गर्छु’ भनेका हुन् ।