जब बन्यो गीत अनि भयो सुपरहिट…!
screennepal
प्रकाशित: २०७५, १५ मंसिर शनिबार
no img

‘तिम्ले बाटो फे-यौ अरे’ बोलको प्रेम वियोगात्मक भावको गीत जसका बारेमा लेखिएको हो, उसलाई पत्तो छैन । तर, जसले उक्त गीत लेखे, उनी नेपाली सांगीतिक क्षेत्रको शिखरमा छन् भने उक्त चर्चित गीतको सिक्वेलसमेत आउँदैछ ।
‘तिम्ले बाटो फे-यौ अरे’ वास्तविक प्रेम–वियोगमा आधारित गीत हो । यस गीतका गीतकार हुन् दर्पण राई । चर्चित गीतकार दर्पणका अनुसार गीतको पात्र अहिले ‘डिसेबल’ भएका छन् । गीतकार दर्पणले आफ्नो एकजना छिमेकीको प्राण प्यारी श्रीमती अर्कैले उडाइदिएपछि ती पीडितको वियोगलाई गीतमा उतारका हुन् ।
नयाँ बानेश्वरका ती पात्र आफ्नोबारे बनेको गीत अहिले सुन्ने अवस्थामा छैनन् । गीतकार दर्पण भन्छन्, ‘सुरुमा भनिएन, अहिले भनौँ र सुनौँ भने बुझ्नु हुन्न किनकि उहाँ वियोगमा ‘डिसेवल’ नै हुनु भएको छ ।’ यही गीतको कथालाई पुष्टि गर्न दर्पणले ‘तिम्ले बाटो फे¥यौ अरे–२’ तयारी गरेका छन् । गीतकार दर्पण भन्छन्, ‘पहिले सुनेजस्तो मात्रै ‘अरे’ थियो, ‘हो’ नै सावित गर्न ‘तिम्ले बाटो फे¥यौ अरे–२’ ल्याउँन लागेको हुँ ।’
‘तिम्ले बाटो फे¥यौ अरे’ यस्तो गीत हो, जुन गीतले नेपाली सांगीतिक क्षेत्रमा विभिन्न रेकर्डहरु राख्न सफल भएको छ । गीतकार दर्पण त चर्चित भए नै, यही गीतले पहिलोपटक आधुनिक गीतहरुमा यु–ट्युब भिअर्समा रेर्कड तोढेको छ । यसमा गीतकार दर्पणको शब्दलिपी, कथा छनोट र दर्शक तथा श्रोताको भावनामा प्रवेश गर्ने क्षमतालाई मूल आधारमो रुपमा लिन सकिन्छ ।
भनिन्छ, ‘फिल्ममा समाजको विकृति उतारिन्छ र त्यही विकृति पर्दामा हेरेर दर्शक रमाउँछन् ।’ गीतकार दर्पणले भने गीति सिर्जनामा व्यक्तिको प्रेम–पीडा उतारेर करौडौँ दर्शक तथा श्रोताको माया बटुलेका छन् । प्रेम वियोगलाई सरल भाषामा गीतमा उतारे गीति करिअर सुरु गरेका गीतकार दर्पण ‘प्रेम दर्पण’जस्तै देखिएका छन् । उनी आफ्नो गीतमा प्राय वास्तविक प्रेमकथा उन्छन् । मेल, फिमेल र चिल्ड्रेनलगायत विभिन्न भर्सनमा रेर्कड भएको उक्त गीत विशेषगरी मेगास्टार राजेशपायल राई र चर्चित गायिका मेलिना राईले गाएका छन् ।
सन् २०१५ को अन्त्यतिर गीतकार दर्पणले ‘तिम्ले बाटो फे¥यौ अरे’ गीत रेर्कड गराएका हुन् । त्यसयता करिब दर्जन गीत रेर्कड गराए । ती सबै चर्चित र लोकप्रिय छन् । दर्पण भन्छन्, ‘यो दर्शक÷श्रोताको ममाथिको अगाध माया हो, जबकि मेरो सिर्जना उहाँहरुले मनपराइदिनु भएको छ ।’
गीतको दर्पणको हरेक गीत चर्चामा आइरहँदा अन्य गीतकार पक्कै चकित हुँदो हो किनकि गीत धेरैले लेख्छन् तर कसैले सुन्नै पाउँदैनन् । किन यस्तो हुन्छ ? मोडल तथा म्युजिक भिडियो निर्देशकसमेत रहेका गीतकार दर्पण भन्छन्, ‘भारी मन लिएर म कहिल्यै गीत लेख्दिनँ । कसैसँग कुराकानी गरिरहेकै बेला पनि गीत लेख्ने गर्छु । तर, त्यही गीत दर्शक तथा श्रोताले रुचाइदिँदा खुसी लाग्छ ।’
पछिल्लो समय आफ्नो ब्लकबस्टर गीत ‘तिम्ले बाटो फे¥यौ अरे’को सिक्वेल अर्थात ‘तिम्ले बाटो फे¥यौ अरे–२’ ल्याउने तयारीमा रहेका गीतकार दर्पणले गीत लेख्यो कि ‘हिट’ किन हुन्छ ? जवाफमा भन्छन्, ‘त्यो त मलाई नि थाहा छैन । तर, गीत लेख्दा पनि सरल र बोलीचालीकै भाषा शब्द प्रयोग गर्छु । जसले गर्दा मैले लेखेका गीतको भाव बुझ्न कसैलाई गाह्रो हुन्न ।’ गीतकार दर्पणको प्रत्येक गीत चर्चित हुनको कारण यही हो । उनले सफल गीतकार बन्नका लागि रहस्य खोल्दै भने, ‘एउटा गीतकारले यस्तो गीत लेख्नुपर्छ, जबकि त्यो गीत सुन्दा हरेक श्रोताले आफ्नै गीत ठानुन् ।’
यहाँ गहकिला र साहित्यिक शब्द चयन गरेर गीत लेख्नेको जमात ठूलो छ । तर, त्यो जमातले गीतकारको संख्या थप्ने कामसम्म मात्रै गरेका छन् । यस सन्दर्भका दर्पण ‘चलाख र भाग्यमानी’ गीतकार मानिन्छन् ।
सोलुखुम्बुमा जन्मिएका गीतकार सानैदेखि गीति रचना तथा साहित्यप्रति रुचि राख्थे । तर, उनले पछिल्लो समयमा आएरमात्र गीत रेकर्ड गर्न भ्याए । उनी भन्छन्, ‘कापीका पानामा थुप्रै गीत लेखेको छु तर रेर्कडिङ गर्न त्यो समयमा सम्भव भएन ।’ थोरै तर राम्रो गीत लेख्न दर्पणको आदत हो । उनी भन्छन्, ‘गीत लखेपछि र रर्कडिङ गरिएपछि श्रोता तथा दर्शकसम्म पुगेन भने त लेख्नुको सार्थकता नै भएन नि ।’
दर्पणले हालसम्म ‘तिम्ले बाटो फे¥यौ अरे’, ‘तिमीलाई मन पराउनु’, ‘यो मुटु दुख्छ किन’, मायामा जाल भो’, ‘नजिकिनु सजिलो थियो’ जस्ता एक दर्जन आफ्ना गीत रेकर्ड गराएका छन् । ती सबै चर्चित छन् । उनको चाँडै ‘तिम्ले बाटो फे¥यौ अरे–२’ आउँदैछ । जुन गीतको दर्शक÷श्रोता प्रतिक्षामा रहेको उनले सुनाए ।

Comments