सहिमाले दर्शकलाई ‘पहिलो नम्बरको सुन’ भिराइन् (भिडियो हेर्नुस्)
screennepal
प्रकाशित: २०७५, १० श्रावण बिहीबार
no img

गायिका सहिमा श्रेष्ठ यसपालीको तीजलाई ‘पहिलो नम्बर सुन’ लिएर आएकी छन् । पछिल्लो समय आधुनिक तथा पाश्र्वगायनमा चम्किँदै आएकी सहिमाले अघिल्लो वर्षका तीजमा झैं यसपटक पनि तीज गीतलाई निरन्तरता दिएकी हुन् । सहिमाले ‘पहिलो नम्बरको सुन’ बोलको गीत तथा भिडियोलाई बिहीबार यु–ट्यूवमार्फत सार्वजनिक गरेकी हुन् ।
गीत सार्वजनिक गरेपछि सहिमाले भनिन्, ‘यसपाली नेपाली चेलीहरुलाई पहिलो नम्बरको सुनले नचाउँदैछु ।’ गायनमा मात्र नभएर कम्मर मर्काउन समेत खप्पिस सहिमाले हरेक स्टेज कार्यक्रममा दर्शक नचाउँदै आएकी छन् ।

सार्वजनिक गीतमा पत्रकार एवं गीतकार शान्तिप्रियको शब्द र सन्तोष श्रेष्ठको लय तथा संगीत रहेको छ । सार्वजिनक भिडियोलाई पवित्रा आचार्यले निर्देशन गरेकी हून् । यस भिडियोमा शिव ढकालको छायांकन र सम्पादन विष्णु शर्माको रहेको छ भने कोरीयोग्राफी पनि पवित्राले गरेकी छन् । भिडियोमा सहिमासँगै अभिनेत्री खुश्वु खड्कालाई फिचरिङ गरिएको छ । यस गीतलाई गीत वीणा म्यूजिकले बजारमा ल्याएको हो ।

Comments