‘राष्ट्रिय लोकदोहोरी गीत अवार्ड’का लागि खुल्यो आवेदन
‘अरु अवार्ड जस्तो लोकदोहोरी गीत अवार्ड बेचिँदैन र बिक्री पनि हुन्न’ चर्चित लोक गायक बद्री प्रगेनीले भने, ‘यस्तो भएमा अवार्ड बहिस्कार गछौँ ।’ उनले ‘छैठौं राष्ट्रिय लोक दोहोरी अवार्ड–२०७५’का लागि फारम खुला गरिएको जानकारी गर्न आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्षसमेत रहेका पंगेनीले अन्य अवार्डमा जस्तो भएपनि लोक दोहारी अवार्ड किनबेच लोकदोहोरी अवार्ड बिक्री नहुने बताए । हुन पनि पछिल्लो समय अवार्डको गरिमा नै हुन छाडेको छ । कारण गायक पंगनीले भने जस्तै अवार्ड बिक्री हुन थालेको छ । चर्चित गायक÷गायिकाले भन्दा पनि पैसा हुनेको पोल्टामा अवार्ड जान थालेपछि कलाकारहरुले अवार्ड बहिस्कार गर्न थालेका छ ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति काठमाडौले राजधानीमा पत्रकार सम्मेलन गर्दै मंगलबारबाट अवार्डका लागि आवेदन खुलेको जनाएको छ । आवेदन दिन चाहने कलाकारका लागि राजधानीका विभिन्न ठाउँमा फारम उपलब्ध गराइने समन्वय समितिका अध्यक्ष पिएन सापकोटाले बताए ।
लोक तथा दोहोरी गीतको विधामा काम गर्दै आएका कलाकारका लागि अवार्ड आयोजना गर्दै आएको अध्यक्ष सापकोटाले बताए । ‘हामीले गतवर्ष पनि निकै सभ्य र भब्य तरिकाले अवार्ड समारोह सम्पन्न गरेका थियौं’ उनले भने, ‘यस वर्ष पनि त्यसै हुनेछ ।’
कार्यक्रममा अध्यक्ष पंगेनीले विगत ६ बर्षदेखि आयोजना हुँदै आएको अवार्ड अहिलेसम्म कुनैपनि विवादमा नपरेको बताए । त्यस्तै, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिका पूर्वअध्यक्ष शिव हमालले आफ्नो कार्यकाल देखि नै अवार्ड समारोहलाई सभ्य तरिकाले अगाडी बढाएको बताए । ‘अन्य अवार्डमा ठुला अथवा चर्चित कलाकारहरु अवार्ड लिन जानुहुन्न भन्ने हल्ला सुनिन्छ । तर यो अवार्डमा दोहोरी गीतक्षेत्रका जतिसुकै ठुला कलाकारहरु पनि आउनुहुनेछ’, हमालले भने ।
यस अवार्डमा ५ वटा सम्मानका विधासहित २१ विधा समावेश गरिएको छ । लोक तथा दोहोरीगीतको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धनको निम्ति अग्रजलाई सम्मान र नयाँलाई प्रोत्साहन भन्ने नारासहित २०६९ सालबाट यो आयोजना हुँदै आएको छ ।