काठमाडौं, ५ जेठ । मोडल, नायिका हुँदै गायिका बनेकी सारिका घिमिरेको नयाँ गीत तथा भिडियो सार्वजनिक भएको छ । सारिकाले ‘कन्फ्यूजन’ बोलको गीत सार्वजनिक गरेकी हुन् ।
अभिनास थापाको शब्द, ध्रुव र सारिकाको स्वर रहेको यस गीतलाई भीम विसीले कम्पोज गरेका हुन् । गीतको भिडियोमा चपुर हिरोज क्रियु र केविका खत्रीका साथै सारिका र धु्रव्रलाई फिचरिङ गरिएको छ ।
चपुर हिरोज क्रियु र केवीको अभिनयले गीतको भिडियो राम्रो बनेको छ । राज खत्रीको निर्देशन रहेको गीतको भिडियोलाई जनकराज अधिकारीको छायाँकन गरेका हुन् ।
https://www.youtube.com/watch?v=MP38He7CnTw