काठमाडौं, ३० बैशाख । बालगायिका स्वप्निल गुरुङले आमाको माया दर्साएर एउटा गीत गाएकी छन् । स्वप्निलले गाएको ‘आमा तिम्रो माया’ बोलको गीतलाई भिडियोमा सार्वजनिक गरिएको छ ।
मित्र केसीको शब्द, संगीत रहेको यस गीतलाई सन्दिप राईले संगीत संयोजन गरेका हुन् । मिना लामाको निर्देशन रहेको भिडियोमा दोर्जे डोल्मा गुरुङ, सुमिना तामाङ र मञ्जुश्री बालगृहका बालबालिकाको अभिनय रहेको छ ।
एकान्त मगरले छायांकन तथा सम्पादन गरेको भिडियोले यतिबेला दर्शक, श्रोताको मन जित्न सफल भइरहेको छ । बालगायिका स्वप्निल गुरुङले छोटो समयमै पाएको चर्चाले भविष्यमा गायन क्षेत्रमा उनको उच्च स्थान बन्ने विश्वास गर्न सकिन्छ ।
https://www.youtube.com/watch?v=kwxJcXxEU4w