ज्योतिले गुन्यूचोली उपहार पाएपछि…. !
screennepal
प्रकाशित: २०७५, २४ बैशाख सोमबार
no img

काठमाडौं, २४ वैशाख । गायिका ज्योति मगरले गुन्यूचोली उपहार पाएकी छन् । जुम्ला व्यापार महोत्सवमा प्रस्तुती दिन पुगेकी यी गायिकालाई चन्दननाथ नगरपालिकाले नेपाली महिलाहरुको परम्परागत पोषक गुन्यूचोलो उपहार दिएको हो ।
मेला तथा महोत्सवमा एकदमै छोटो र पारदर्शी पहिरनमा प्रस्तुत हुँदै आएकी ज्योतिलाई आङ ढाक्न भन्दै नगरपालिकाकी मेयर कान्तिका सेजुवालले परम्परा झल्काउने गुन्यूचोलो उपहार दिएकी बताइएको छ ।
ज्योतिको प्रस्तुतिबारे धेरै टिप्पणी आउन थालेकाले जुम्ला आएका बेला महिलाको पहिचान झल्कने पोशाक दिएको मेयर कान्तिकाको भनाइ छ । जुम्ला कला तथा संस्कृतिको उद्गम भूमि भएको र पहिरनको महत्व भएको बताएपछि गायिका मगरले उपहार ग्रहण गरेकी थिइन् । ज्योतिले आफूले नेपाली संस्कृतिलाई पहिलेदेखि माया गर्दै आएकी बताइन् ।
‘ओभर स्टाइल’ र ‘भल्गर’ प्रस्तुतका कारण पछिल्लो समय मेला महोत्सवहरुमा ज्योतिको आलोचाना हुँदै आएको छ । उनलाई ‘विकृति फैलाउने गायिका’ समेत भन्न थालेका छन् । तर, ज्योतिले भने आफूले कुनै पनि किसिमको विकृति नफैलाएको बताउँदै आएकी छन् ।

 

Comments