काठमाडौं, १२ बैशाख । आजको दिनलाई नेपाली ‘कालो दिन’का रुपमा स्मरण गरिरहेका छन् । आजकै दिन अर्थात १२ बैशाख २०७२ मा विनाशकारी भूकम्पका कारण हजारौ नेपालीले ज्यान गुमाएका थिए । त्यही विनाशकारी भूकम्पको स्मरण गर्दै गायिका दीपा पन्तले एउटा गीत सार्वजनिक गरेकी छन् ।
‘अब रोएर हुँदैन, कराएर हुँदैन’ बोलको गीतलाई उनले आजै सार्वजनिक गरेकी हुन् । भूकम्पबाट आफ्नो जनधन र आफन्त गुमाएका पीडित हुनेहरुप्रति समर्पित गर्दै उक्त गीत सार्वजनिक गरेको दीपाले बताइन् । दीपा पन्तको स्वर रहेको यस गीतमा शब्द तथा संगीत राजकुमारको रहेको छ ।
दीपाले ‘अब रोएर हुँदैन, कराएर हुँदैन’ गीतलाई लिरिकल भिडियोमा ल्याएकी हुन् । गीत निकै मार्मिक छ । धेरैजसो भूकम्पपीडित अझै राहत नपाइरहेको अवस्थामा दीपाले यो भावनात्मक गीत ल्याएकी हुन् ।