रणवीर र दीपिकाका फ्यान निराश !
screennepal
प्रकाशित: २०७४, २५ चैत्र आईतवार
no img

काठमाडौं, २५ चैत (एजेन्सी) । बलिउड अभिनेता रणबीर कपूर र अभिनेत्री दीपिका पादुकोण फिल्म ‘तमाशा’पछि सँगै देखिएका छैनन् । यसैबेला उनीहरु एक फेशन शोमा देखिन लागेका चर्चा थियो । तर, पछिल्लो समाचार अनुसार फेसन शोमा पनि देख्न नपाइने बताइएको छ ।


एक मिडिया रिपोर्टका अनुसार हिजोआज यी दुवैको स्वास्थ्य ठीक छैन । त्यसैले फेसन शोमा सहभागी हुन इन्कार गरेका छन् । तर, यतिमै उनीहरुका फ्यान निराश भइहाल्ने अवस्था भने छैन किनकि, उक्त शोका आयोजकले रणबीर र दीपिकाको खराब स्वास्थ्यका कारण शो सारिएको हो । उनीहरुको स्वास्थ्यमा सुधार आएपछि एक सातापछि हुने शोमा दुवैजना सहभागी हुने बताइएको छ । रणवीर र दीपिकाले मनीष मल्होत्राको कलेक्शनका लागि समय दिएका थिए । यो शो ९ अप्रिल अर्थात भोली मुम्बईको ग्राण्ड ह्यात होटलमा हुनेवाला थियो ।

Comments