काठमाडौं, २४ चैत । बलिउड अभिनेता अहिले जोधपुर जेलमा छन् । कालो हरिण शिकार प्रकरण मुद्दामा जोधपुर अदालतले उनलाई दोषी ठहराउँदै पाँच वर्ष जेल र १० हजार जरिवाना तोकेपछि जेल चलान भएका हुन् । तर, सलमान जेल चलानसँगै भारतका विभिन्नखाले बहसहरु हुन थालेको छ ।
यसैक्रममा सलमानका वकिल महेश बोडाले आफूलाई अण्डरवल्र्ड डन रवि पुजारीको धम्की आएको दावी गरेका छन् । महेशले भनेका छन् ‘मलाई बिहीबार साँझ इन्टरनेट कल आउन सुरु भयो ।’ तर, त्यस दिन आफूले कल नउठाएको बताउँदै शुक्रवार बिहान ८ देखि १० वटा म्यासेज आएको सुनाए । रवि पुजारीको नाममा आएको म्यासेसमा ‘सलमानको केस छोडिदेउ, नत्र मर्नुपर्छ’भन्ने लेखिएको उनले बताए । उक्त म्यासेस उनले प्रहरीलाई पनि देखाएको बताएका छन् । Agency