दर्पणको लिरिकल मुमेन्ट भिडियोमा देखिँदै भारतीय ‘डान्स स्टार’ सुशान्त
screennepal
प्रकाशित: २०७४, २५ फाल्गुन शुक्रबार
no img

काठमाडौं, २५ फागुन । पछिल्लो समय म्युजिक भिडियो निर्माणको क्रम बृद्धिसँगै नयाँ–नयाँ क्रियशन अपनाउन थालिएको छ । गीत रेकर्डपछि भिडियो अनिवार्य जस्तै भएपछि यो एक किसिमको प्रतिस्पर्धा देखिएको हो ।
यसैक्रममा गीतकार, मोडल हुँदै भिडियो निर्देशनसम्म आइपुगेका दर्र्पण राईले आफ्नो गीतको नयाँ क्रियशनमा भिडियो निर्माण गर्दैछन् । उनले आफ्नो पछिल्लो ‘यो मुटु दुख्छ किन’ गीतलाई लिरिकल मुमेन्ट भिडियो निर्माण गर्न लागेको बताउँदै भने, ‘उक्त भिडियोमा सुशान्त खत्रीले अभिनय गर्दैछन् ।’ यो गीत मेगास्टार राजेशपायलले गाएका हुन् ।


सुशान्त भारतीय टेलिभिजन च्यालन ‘स्टार प्लस’को चर्चित डान्स रियालिटी शो ‘डान्सिङ सुपर स्टार–२०१३’मा थर्ड रनरअप भएका थिए । त्यसपछि भारतको विभिन्न डान्सिङ रियालिटी शोहरुमा सहभागी भएर चर्चामा आएका सुशान्त भारतमा समेत चर्चित छन् । उनै डान्सर सुशान्तलाई आफ्नो लिरिकल मुमेन्ट भिडियोमा अभिनय गर्ने पक्का भएको दर्पणले सुनाए । अहिलेसम्म नेपालमा लिरिकल म्युजिक भिडियो नबनेको बताउँदै दर्पर्णले भने, ‘फस्ट टाइम म लिरिकल भिडियो बनाउँदैछु । जसमा पहिलोपटक भारतका डान्स स्टार सुशान्तलाई अभिनय गराउँदैछु ।’ लिरिकल मुमेन्ट भिडियो भन्नाले गीतको शब्दभावसँग हाउभाउमा अभिनय गर्नु हो । बलिउड र हलिउडमा भने यस्ता भिडियोले निकै चर्चा पाइरहेको छ ।
दर्पणले भिडियोका लागि सुशान्तसँग एग्रिमेन्ट समेत भइसकेको बताए । अब चाँडै नै उक्त भिडियो आउँदै दर्पणले बताए । यो लिरिकल मुमेन्ट भिडियो निर्माण टिम शान थापा पनि छन् । जो पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा व्यस्त रहँदै आएका छन् ।

 

Comments