काठमाडौं, ४ फागुन । विभिन्न कार्यक्रम गरी शेर्पा सम्ुदायले शुक्रबार ‘ग्याल्बो ल्होसार’ मनाए । विशेषगरी बौद्ध धर्मको महायानी सम्प्रदाय शेर्पा जातिले यो नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।
१२ जनावरका नामबाट वर्ष परिवर्तन हुने विश्वासका अनुसार चरा वर्ष बिहीबारदेखि कुकुर वर्षमा प्रवेश गरेको छ । शेर्पा जातिको नयाँ वर्ष ग्याल्बो ल्होसारले धर्मसंस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा सहयोग पुग्ने बौद्ध विद्वान् टीका शेर्पाले जानकारी दिए । केही तामाङ समुदायले आजकै दिन सोनाम ल्होसार पर्व मनाएका छन् । केहीले भने पञ्चाङ्ग निर्णयक समितिले कायम गरेको तिथिमा गत माघ ४ गते सो पर्व मनाएका थिए ।
ग्याल्बो ल्होसार पर्वको अवसरमा शुक्रबार काठमाडौँको तिनकुनेमा आयोजित कार्यक्रममा परम्परागत पोसाकमा सहभागी हुँदै शेर्पा समुदायका युवतीहरु ।