किन्डरगार्डेन प्रतियोगीले देखाए प्रतिभा, १ माघमा फाइनल
screennepal
प्रकाशित: २०७४, २७ पुष बिहीबार
no img

काठमाडौं, २७ पुस । ‘किन्डरगार्डेन प्रिन्स–प्रिन्सेस–२०१८’का प्रतियोगीले आ–आफ्नो प्रतिभा देखाए । आरके इन्टरटेन्मेन्टद्वारा आयोजित यस चौथो संस्करणमा २५ प्रतिस्पर्धी छन् । उनीहरुले सोह्रखुट्टेस्थित ड्रागन टुरिस्ट मार्केटमा आयोजित ‘ट्यालेन्ट शो’मा प्रतिभा प्रस्तुत गरेका हुन् ।


सहभागी प्रतियोगीहरुले गायन, नृत्य जस्ता आफूमा निहित प्रतिभा देखाएका थिए । उक्त ट्यालेन्ट शोका लागि राजिव श्रेष्ठ, मन्टेश्वरी एसोसिएसन नेपालकी महासचिब तथा ट्रस्ट एण्ड केयर स्कुलकी निर्देशक दीपा थापा, तारा थापा र ड्रागन टुरिस्ट मार्केटका निर्देशक किशन सिंह निर्णायक थिए ।
कार्यक्रमको अन्तिम प्रतिस्पर्धा आउँदो १ माघमा राष्ट्रिय नाचघरमा हुने आरके इन्टरटेनमेन्टका अध्यक्ष्ँ राम केसीले बताए ।

 

Comments