काठमाडौं, १८ पुस । केही वर्षयता अमेरिकामा बस्दै आएका इलामेली गायक दीपेन गुरुङले ‘नम्बरी सुन’ ल्याएका छन् । तर, नझुक्किनु होला, दीपेनले सांगीतिक ‘नम्बरी सुन’ ल्याएका हुन् ।डिपी खनालको शब्द र शंकर थापाको संगीत रहेको दीेपेनको ‘नम्बरी सुन’को यस भिडियोमा पछिल्लो समयकी व्यस्त मोडल अलिशा राईलाई फिचरिङ गरिएको छ । गायनमा व्यस्त हुँदाहुँदै अमेरिका पुगेका गायक दीपेनले यस नम्बरी सुनबाट पनि राम्रै प्रतिक्रिया पाइरहेको बताए ।
यस गीतको भिडियोलाई पासाङ योञ्जन लामाले निर्देशन गरेका हुन् । भिडियोमा अलिशासँग पर्वत गुरुङले अभिनय गरेका छन् । ज्ञानेन्द्र शर्माले खिचेको यस भिडियोलाई प्रविण श्रेष्ठले सम्पादन गरेका हुन् ।