निर्मल–विष्णुको भिन्न प्रेमकथा ‘त्यो पारी गाउँमा…’ (भिडियो)
screennepal
प्रकाशित: २०७४, १४ पुष शुक्रबार
no img

काठमाडौं, १४ पुस । गायिका तथा अभिनेत्री विष्णु चेम्जोङ फरक लुक्समा देखिएकी छन् । गायक तथा संगीतकार विमोल मगरले गाएको ‘त्यो पारी गाउँमा…’ बोल गीतको भिडियो सार्वजनिक भएको छ । यस भिडियोमा ‘नेपाल स्टार’समेत रहेकी विष्णु साधारण गाउँले युवतीको भेषमा देखिन्छिन् ।
लोकपपशैलीको यस गीतको भिडियो कन्सेप्टसमेत चलिआएको परम्परागत भन्दा भिन्न छ जबकि, भिडियोमा मगर समुदायको एक ऐतिहासिक प्रेमकथालाई उनिएको छ ।


यस भिडियोलाई गायक सयंमले निर्देशन गरेका हुन् । उनले यो म्युजिक भिडियोलाई नयाँ प्रयोग भनेका छन् । भिडियोमा मात्र नभएर ‘त्यो पारी गाउँमा…’ गीतलाई नै नयाँशैलीमा निर्माण गरिएको छ ।


गीतमा वेस्र्टनसँगै धिमे, झ्याम्टा, मादलजस्ता नेपाली बाजा समेत मिश्रण गरिएको छ । वेस्र्टन तथा नेपाल लोक मिश्रित यस गीतको भिडियोमा कलाकार विष्णुका अलावा निर्मल मगर, गोविन्द राई र निशान लिम्बूको अभिनय समेत फरक छ ।


भिडियोमा एक जना राजा शिकार खेल्न जाँदा एक युवती देख्छन् । जसलाई उनी मायाजालमा पार्छन् । यो भिडियो हेरिसक्दा एउटा पूरा चलचित्र हेरेको अनुभूति हुन्छ । निर्देशकले पनि यस म्युजिक भिडियोलाई छोटो गीति चलचित्र भन्दा फरक नपर्ने बताएका छन् । त्यसैले भिडियोको अर्थ बुझ्नका लागि पूरै हेर्न जरुर छ ।

गायक विमोलकै शब्दरचना रहेको ‘त्यो पारी गाउँमा…’ अभिनेत्री विष्णुले गरेको अभिनय र भूमिका एकदमै दम्दार छ । यो भिडियो हेरिसक्दा लाग्छ, ‘उनी कुनै गाउँकी अप्सरा हुन्छिन् । राजकुमारले उनलाई मन पराउँछन् ।’ यो भिडियो मगर समुदायको इतिहासबाट प्रभावित छ भन्दा फरक पर्दैन । हुन त भिडियोमा अभिनय गर्ने कलाकारहरुको पहिरनमा पनि फ्युजन गरिएको छ, जसमा मगरहरुको परम्परागत पहिरनसँगै गुरुङ सांस्कृति झल्किने पहिरन पनि देख्न सकिन्छ ।

Comments