काठमाडौं, १३ पुस । एकताका ‘हङकङ आईडी’को खुबै चर्चा थियो । युवा होस् वा युवती नै किन नहोस्, ‘हङकङ आईडी’वालासँग विवाह गर्न चाहन्थे । विशेषगरी राई, लिम्बू समुदायका युवाहरु आफ्नो लाहुरे बन्ने सपना पूरा नहुँदा आईडीवाली खोज्थे भने कतिपयले महँगो मूल्यमा आईडी खरिद पनि गर्थे । हो, त्यही बेला गायक भुवन सुप्तिहाङ राईले गाए, ‘हङकङ आईडी छ कि छैन बहिनी…’ हो, तिनै गीतको भिडियो बल्ल सार्वजनिक भएको छ ।
हुन त आहिले पनि ‘हङकङ आईडी’को आफ्नै महत्व छ । तर, महत्व हुँदैमा ‘हङकङ आईडी’ पाइने पनि होइन । संर्घष र मिहिनेत गर्नेका लागि नेपालमै पनि कमाइन्छ । गायक भुवनको यस गीतको भावले पनि यही बताउँछ । भिडियोमा ब्रिटिस लाहुरे बन्ने सपना बोकेर एक युवाको कथा उनिएको छ । चारपटकसम्म कोशिस गर्दा पनि लाहुरे नभएपछि अन्त्यमा आइडीवाला केटी भएर उसैको आइडीवाली खोजेर विदेश जाने योेजना बनाएका ती युवा केही नगालेपछि बेरोजगार भएर नेपालमै थन्किन्छन् ।
भिडियोमा कथा निकै मार्मिक छ । गीतको सार पनि यही हो । यस गीत तथा भिडियोले विशेषगरी बेराजगार नेपाली युवापुस्तालाई छुनेछ ।
यस भिडियोमा हेमेन्द्र र रोसिनाले अभिनय गरेका छन् । यस गीतको भिडियोलाई बि सुप्तिहाङले निर्देशन गरेका हुन् । यस म्युजिक भिडियोमा सुरेन राईको कोरियोग्राफी रहेको छ ।
प्राय सन्देशमुलक तथा भावस्पर्शी गीत गाउँदै आएका भुवनले यस गीतबाट पनि चर्चा पाउने पक्का छ भने अर्कोतिर उनले फेरि एकपटक हङकङ आईडी र बेरोजगार युवाको कथाव्याथालाई ब्युताएँका छने । दिनेश बान्तावाले संगीत गरेको ‘हङकङ आईडी छ कि छैन…’ लाई विरेन राईले लेखेका हुन् ।