काठमाडौ, २५ मङ्सिर (एजेन्सी) । हेर्दा हुबहु बलिउड अभिनेत्री ऐश्वर्या राय जस्तै छिन् यिनी ।तर नझुक्किनु होला अहिले सामाजिक संजामा चर्चामा रहेकी यि इरानी मोडल महलाघा जबेरी हुन्।
ऐश्वर्या जस्तै तस्विरका कारण उनी चर्चामा छिन्। २८ बर्षकी यि मोडेल यति सुन्दर छिन् । उनका फलोअर्स ऐश्वर्या रायसँग तुलना गर्छन ।
उनीहरुको अनुहारसमेत उस्तै छ । महलाघाको जन्म १६ जुन १९८९ मा ईरानको शहर इस्फहानमा भएको हो । आफुलाई फिट राख्नका लागि उनले योग गर्ने गर्छिन् ।
एक अन्तवार्तमा उनले भनेकी छन्, ‘योगले मलाई फिट राख्ने मात्रै होइन, मनमा शान्ति समेत दिएको छ ।’ इन्टाग्राममा यिनको २ दशमलव ३ मिलियन फलोअर्स छन् । मोडलिङ करियरका कारण उनी अमेरिकामा बस्छिन् । ५ फिट ८ इन्चकी यिनी फेसन डिजाइनरको पहिलो रोजाइमा पर्छिन् ।