‘तिम्लाई मनपराउनु गल्ती होइन’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७४, ९ कार्तिक बिहीबार
no img

काठमाडौं, ९ कार्तिक । गीतकार दर्पण राईको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । मोडल तथा म्युजिक भिडियो निर्देशक समेत रहेका दर्पणको ‘तिमीले बाटो फेरेउ अरे’पछि ‘तिम्लाई मनपराउनु मेरो गल्ती होइन’ बोल गीतको भिडियो यु–ट्युबमा रिलिज गरिएको हो । गीत तथा भिडियो सार्वजिनक गर्दै दर्पणले भने, ‘यो गीत पनि श्रोता÷दर्शकले रुचाउँछन् भन्ने अपेक्षा गरेको छु ।’
सार्वजनिक गीतका मेगास्टार राजेशपायल राईको स्वर रहेको रहेको छ । महेन्द्र राईको संगीत रहेको यस भिडियोमा निराजन प्रधान र सम्झना राईका अलावा दर्पणको पनि अभिनय हेर्न सकिन्छ । सुशांक कँडेलले निर्देशन गरेको यस भिडियोलाई दर्पणलाई सस्पेन्सका रुपमा प्रस्तुत गरिएको छ । वान साइटेड लभस्टारी प्ले गरिएको यस भिडियोलाई हरि हुमागाइँले खिचेका हुन् । सम्पादन निशान भट्टराईले गरेका हुन् ।

Comments