रियल ब्याक टु पास्ट : एउटा जमझट कार्यक्रम
screennepal
प्रकाशित: २०७४, १५ भाद्र बिहीबार
no img

काठमाडौ, १५ भदौ । ‘रियल ब्याक टु पास्ट’ अर्थात् बिगतको वास्तविकतालाई बुझौं ! यस्तै मनशाय र उद्देश्यसहित ललित गुरुङले अमेरिकामा एक कार्यक्रम गर्दैछन्, जो अमेरिकाकै साउथ डाकोडा बस्छन् ।
साउथ डाकोडास्थित इजाक इभेन्ट हलमा ३ सेप्टेम्बरमा कार्यक्रम हुने गुरुङले बताएका छन् । ‘रियल ब्याक टु पास्ट’ नाम दिएको सो कार्यक्रमबारे गुरुङले भनेका छन्, यो नितान्त एउटा भेटघाट कार्यक्रम हो ।’
उनका अनुसार नेपालको झापास्थित बेलाडाँगीको शरणार्थी क्याम्पो एक नम्बर ब्लकमा बसोबास गरी अमेरिका पुगेकाहरुलाई जमघट गराउने कार्यक्रमको मुख्य उद्देश्य हो । जुन कार्यक्रमले नेपालमा रहँदाको विगतको स्मरण हुने उनको विश्वास छ ।
झापाको बेलडाँगीमा भुटानी शरणार्थी अझै पनि बस्दै आएका छन् । तर, धेरैजसो भने तेस्रो मुलुकको निर्वाशनका क्रममा अमेरिका पुगेका छन् । तिनैमध्ये क्याम्प एक नम्बर क्याम्पमा बसेर अमेरिका पुगेकाहरुलाई जमघट गराउनु गुरुङले यो कार्यक्रम गर्न लागेका हुन ।
कार्यक्रममा कोही नछुटोस् भन्ने ध्येयले सुचना समेत उनी जारी गरिएको बताएका छन् । उनले भनेका छन्, ‘यो कार्यक्रममा कोही पनि नछुट्नु होला ।’ कार्यक्रममा सबैलाई सामेल हुन आग्रह गर्दै गुरुङले आफुसँग सम्पर्क गर्न अनुरोध गरेका छन् ।

Comments