हेल्लो गजलबार : देबेश राईलाई प्रत्यक्ष सुनौ यो शुक्रबार…
screennepal
प्रकाशित: २०७४, ८ भाद्र बिहीबार
no img

काठमाडौं, ८ भदौ । गायक तथा संगीतकार देबेश राईलाई यो शुक्रबार प्रत्यक्ष सुन्न पाइने भएको छ । ‘नेपाली तारा सिजन–३’ का फस्ट रनरअप समेत रहेका देबेश बागबजारस्थित साया हेल्लो क्याफे गजलबारमा लाइभ ब्याण्डसँग प्रस्तुत हुँदैछन् ।
गजलबारको निम्तोमा प्रत्यक्ष प्रस्तुत हुन लागेका यी युवापुस्ताका प्रिय गायक तथा संगीतकार देबेशले जहाँ आफ्ना चर्चित गीतलगायत दर्शकको आग्रहमा लोकप्रिय गीतहरु सुनाउनेछन् ।
कुसल म्युजिक एरेञ्जरसमेत रहेका देबेशका आकाशमा, दिक्तेद बजार, कति माथिजस्ता थुप्रै गीतहरु चर्चित छन् । गायक रियालिटी शो ‘नेपाली ताराको सिजन–३’ मा आफ्नो कर्णप्रिय स्वरमार्फत लाखौको मन जित्न सफल भएका देबेश पहिलोपटक लाइभ ब्याण्डसँग प्रस्तुत हुन लागेका हुन् । यसरी साया हेल्लो क्याफे गजलबारमा दर्शकसँग प्रत्यक्ष ब्याण्डसँग प्रस्तुत हुन पाउँदा देबेश पनि खुसी छन् । उनले भने, ‘यो गजलबारले मलाई पहिलोपटक लाइभ ब्याण्डसँग स्टेजमा मेरो प्रतिभा प्रस्तुत गर्ने अवसर दिएको छ । यसमा एकदमै खुसी छु ।’
साया हेल्लो क्याफे गजलबार रुल्ज गुरुङ, सरिता लिम्बू र नविना तामाङले सञ्चालनमा ल्याएका हुन् । यस गजलबारको दुई साताअघि चर्चित गायिका मिलन अमात्य र मोडल विपना थापाले उद्घाटन गरेका थिए । हरेक दिन साँझ ७ बजेबाट प्रत्यक्ष गीतसंगीतबाट सुरु हुने साया हेल्लो क्याफे गजलबार राजधानीको एक उत्कृष्ट गजलबार मानिन्छ ।

Comments