‘तीज म्यूजिक अवार्ड’मा जे देखियो ! (फोटोफिचर)
screennepal
प्रकाशित: २०७४, ६ भाद्र मंगलवार
no img

काठमाडौं, ६ भदौं । गायिका टिका पुन ‘उत्कृष्ट तीज गायिका’ घोषित भएकी छन् । छायाँछवि चौथो तीज म्यूजिक अवार्ड–२०७४ मा टीकाले ‘युकेको सारी’ बोलको गीतबाट यो उपाधि पाएकी हुन् । त्यस्तै, पूर्णकला बिसीको ‘माइतीघर’ उत्कृष्ट तीज गीत बनेको छ ।

कार्यक्रममा हरि विष्टले उत्कृष्ट तीज गीत शब्द र लयमा नदीतिरैमा बोलको गीतबाट अवार्ड पाए भने सोही गीतबाट सञ्जय श्रीपाल उत्कृष्ट तीज गीत मिक्सिङको अवार्ड चुम्न सफल भए । त्यस्तै माइतीघरबाटै विनोद बाजुराली एरेन्जर, विक्रम चौहान उत्कृष्ट कोरियोग्राफरको अवार्ड चुम्न सफल भए भने आशिष म्यूजिक उत्कृष्ट म्यूजिक कम्पनी घोषित भयो ।

तीज म्यूजिक अवार्डको अवसर पारेर वरिष्ठ गायिका एवं संकलक चन्द्रकला शाहलाई छायाँछवि तीज संगीत स्रष्टा सम्मान २०७४ बाट सम्मानित गरियो । शाहलाई ११ हजार १ सय ११ रुपैयाँको नगद राशिसहित सम्मान गरिएको थियो  ।

त्यस्तै पत्रकार गीत अधिकारीलाई छायाँछवि रंग पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको थियो । उनलाई ५ हजार ५ सय ५५ राशिसहित सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा श्रीराज इन्टरटेनमेन्टको तर्फबाट नारायण ढकालको समूहले नृत्य प्रस्तुत गरेको थियो भने नारायण रिजालको समूहले पनि नृत्य प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेको थियो । त्यसैगरी गायिका टीका पुन, टीका प्रसाई र राधिका हमालले गायन प्रस्तुत गरेका थिए ।

Comments