काठमाडौ, १८ साउन । नेपाली नारीहरुलाई तीजले छोइसकेको छ । अझ गायक गायिकालाई त महिना दिन अघिबाट नै तीज लागेको हो । यसैबेला फोटो पत्रकारितासंगै कला क्षेत्रमा समेत सक्रिय रहेका नबिनबाबु गुरुङलाई पनि तीज लागेको छ अर्थात उनले एक तीज गीतको म्युजिक भिडियो निर्देशन गरेका छन्। यो नबिनको पहिलो तीज गीतको भिडियो निर्देशन पनि हो ।
गायिका बबिता सिटौलाद्वारा स्वरबद्ध घन्काईदेउ मादलु बोलको उक्त गीतको भिडियोलाई एक कार्यक्रमबिच सार्वजानिक गरिएको हो।
सु-युनिकको नृत्य निर्देशनमा नबिन आफैले छायांकन गरेको यस म्युजिक भिडियोमा चर्चित मोडेल पार्वती राईको बेजोड प्रस्तुति देख्न सकिन्छ। कमल एकचै मगरले सम्पादन गरेको यस म्युजिक भिडियोलाई बिन्दावासिनी म्युजिकले सार्वजनिक गरेको हो।