काठमाडौं, २१ असार । साईपल मिस एसईई–२०१७ को ताज चण्डिका थापा मगरले पहिरिएकी छन् । सेन्टर मिडिया प्वाइन्टले राजधानीमा आयोजना गरेको यस छैटौ संस्करणमा आफ्ना १७ प्रतिस्पर्धीलाई पछि पार्दै चण्डिकाले ताज आफ्नो शिरमा पारेकी हुन् । प्रतियोगितामा कल्पना बुढामगर सेकेण्ड रनरअप र स्नेहा वाईबा फस्ट रनरअप भएका छन्
त्यस्तै, प्रतियोगितामा प्रतिक्षा सुबेदी ‘मिस लिडरशीप’ र प्रन्ना राई ‘बेस्ट हेयर’ तथा कोपिला अधिकारी ‘बेस्ट स्माईल’ र श्रुति थापा क्षेत्री ‘मिस सोसल वर्क’ भए । १८ जना युवतीले अन्तिम स्पर्धामा सहभागी जनाएको कार्यक्रममा मन्जिता श्रेष्ठ ‘मिस बब्लि’, सेलिमी राई ‘भियोर्स च्वाइज’, श्रीषा खाती ‘बेस्टवाक’, प्रियंका बुढाथोकी ‘मिस पङ्चुयर्स’, स्नेहा वाईबा ‘फोटो जेनिक’ र अनिशा गुरुङ ‘मिस पपुलर’ भए । प्रतियोगितामा मेलिना राई ‘बेस्ट ड्रेस’, इच्छा लिम्बु ‘बेस्ट कम्पिडेन्ट’,
अनु थिङ ‘पर्सनालिटी’, सिरपा हाडा ‘मिस डिसिप्लिन’, प्रजिता मोक्तन ‘मिस फ्रेन्डशिप’, बिभु हुमागाई ‘मिस ट्यालेन्ट’ र कल्पना बढामगर ‘हाईस्कोर’ले सबटाइटल उपाधी पाए । प्रतियोगिताका ‘मिस तामाङ–२०१६’ उर्मिला लामा, ‘मिस एसएलसी–२०१५’ बर्षा महर्जन, साइपल एकेडेमीका निरञ्जन चापागाई, तेजबिक्रम शाही र सिटीभी मोबाइलका किसन राई ‘अलाईभ ग्लाइडर’ निर्णायक थिए ।